टानमा नवनिर्वाचित दाहाल नेतृत्वद्वारा पदभार ग्रहण (फाेटाे फिचर)

निमार्ण सञ्चार, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को गत कात्तिक १२ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नवराज दाहालको नेतृत्वले सोमबार पदभार ग्रहण गरेको छ । टानको कार्यालय मालिगाउँमा वर्तमान अध्यक्ष चन्द्र रिजालको नेतृत्वले नवनिर्वाचित टिमलाई पदभार हस्तान्तरण गरेको हो ।

होटल ह्यातमा सम्पन्न टानको ३९ औं वार्षिक साधारणबाट अध्यक्षमा नवराज दाहाल, वरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापामगर, द्वितीय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्षमा, तारा राना निर्वाचित भएका थिए ।

त्यसैगरी, सदस्यहरुमा ऋतु ग्याम्दान, रविन्द्र अधिकारी, राजन प्रसाद काप्री, गोपाल श्रेष्ठ, जीवन लामा, बाबुराम गुरुङ, सुक बहादुर लामा, शेर बहादुर परियार र जंग बहादुर लामा निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको आईतबारका दिन आकश्मिक हृदयघातका कारण अल्पआयुमै भएको निधनप्रति बैठकले श्रदाञ्जली अर्पण पनि गरेको थियाे ।

पदभार ग्रहण पश्चात बोल्दै दाहालले सबै पदयात्रा व्यवसायीहरुको समस्या समाधानलाई आफूले प्राथामिकताका साथ हेर्ने बताए ।

हामी पर्यटन व्यवसाय र पर्यटनसँग सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै समग्र पर्यटन विकासको लागि आफू समाहित हुने बताए ।

त्यसैगरी, हाम्रो कर्तव्य पर्यटनसम्बन्धी आएका समस्यालाई सम्बन्धित तहसम्म पुर्याउँदै समाधानका लागि घचघचाउनको लागि खवरदारी गर्न तर्फ सचेत हुने बताए ।

 

...

मंगलबार ५, मंसिर ०७४

प्रतिक्रिया

Related