बारा–करैयामाईमा निशुल्क आखाँ जाँच सिविर सम्पन्न

निशुल्क आखाँ परिक्षण, निशुल्क औषधि वितरण, मोतियाबिन्दुको सल्यक्रिया र न्युनतम मुल्यमा चश्मा उपलब्ध
निर्माण सञ्चार, बारा | करैयामाई गाउँपालिका वडा नं. ४ सानो लौतन बजारमा निशुल्क आखाँ जाँच सिविर सम्पन्न भएको छ ।

नेपाल सरकार तथा बेलायत सरकार को आर्थिक सहयोग तथा नेपाल ग्रामिण पुनर्निर्माण संस्था (आर.आर.एन) द्वारा उक्त सामुदायिक विकास कार्यक्रम संचालन गरिएको हो ।

साथै बारा र कलैया नेत्रालय आखाँ हस्पिटल प्रा.लि. कलैया को संयुक्त आयोजना तथा करैयामाई गाउँपालिकाको कार्यालयको समन्व्ययमा आयोजित यस कार्यक्रमको अध्यक्षता गाउँपालिकाको अध्यक्ष भुनेश्वर धामीले गरेका थिए ।

स्थानीय विकास अधिकारी भरत बहादुर ढुंगानाको प्रमुख आतिथ्यता र करैयामाई गाउँपालिकाको उपाध्यक्ष चित्र रेखा कुमारी चौधरीको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वडा सचिव राधेश्याम कलवार, सामजिक परिचालक धिर्जानन्द प्रसाद यादव, समाज सेवि कैलाश सहनी, विजय चौधरी, रामभजु चौधरी, सैमुदीन अन्सारीको उपस्थिती रहेको थियो ।

यसैगरी, सामुदायिक विकास कार्यक्रमका जिल्ला संयोजक विपिन दास, मिना गुप्ता, प्रकाश महर्जन, अशिम पोख्रेल, बिनय कर्ण, कैलाश कार्की र कलैया नेत्रालयबाट डाक्टर धिरज साह, मनोज पण्डित, त्रिपुरेश्वर आखाँ अस्पतालका डा. सुदन वाग्ले लगायतको उपस्थिति रहेको थियो ।

जिल्ला संयोजक दासले आखाँ सिविरको माग बस्ति–बस्तिबाट आएको हुनाले कलैया नेत्रालयसँग समन्वय र उहाँहरुको प्राविधिक र केही आर्थिक सहयोगमा आखाँ सिविर आयोजना गरेको बताए ।

साथै शिविर मार्फत् निशुल्क आखाँ परिक्षण, निशुल्क औषधि वितरण र ५०५ सहुलियतमा मोतियाबिन्दुको सल्यक्रिया गरिने र न्युनतम मुल्यमा चश्मा उपलब्ध गराउने बताउँदै कार्यक्रमबाट सम्पूर्ण आखाँ रोगिहरुले लाभ लिएपछि मात्रै शिविरको औचित्य रहने बताए ।

आगामी दिनमा पनि अन्य सरोकारवालाहरुसँग सहकार्य गरेर जनसेवामुलक गतिविधिमा अग्रणी भूमिका निर्वाह गर्ने संयोजक दासले जानकारी गराए ।

प्रमुख अतिथि स्थानीय विकास अधिकारि ढुंगानाले भने सामुदायिक विकास कार्यक्रमले विभिन्न सेवाग्राहीहरुसँग समन्वय गरेर गाउँ–गाउँमा सेवा पुर्याउने काम अत्यन्त सराहनीय रहेको बताए ।

उनले यो सिविरबाट बढी भन्दा बढी लाभ लिन अनुरोध गर्दै आयोजक लाई धन्यबाद दिएका थिए ।

सामुदायिक विकास कार्यक्रमले यस जिल्लामा बहुक्षेत्रलाई समेटेर विगत १८ महिनादेखि आफ्नो कामलाई अगाडी बढाउदै बारा जिल्लाको अधिक सरकारी निकायलाई सहयोग पुर्याउने काम गरेकोमा ढुंगानाले उक्त संस्थालाई विशेष धन्यावाद समेत दिएका थिए ।

कार्यक्रमका अध्यक्ष धामीले आखाँ सबैभन्दा महत्वपुर्ण र सम्वेदनशील अङ्ग भएको र यो सिविर आफैमा अत्यन्त महत्वपुर्ण र जीवनसँग जोडिएको बताए ।

उनले यो सिविरबाट बढी भन्दा बढी लाभ लिई यस कार्यक्रमलाई सार्थकता प्रदान गरिदिन सम्पूर्ण सेवाग्राहीलाई आग्रह पनि गरेका थिए ।

कतिले गरे परिक्षण ?

शिविरमा कुल ३२३ जनाले आखाँ परिक्षण गराएका थिए ।

जसमा ६१ जनामा मोति बिन्दु, २५ जनामा आखाँ रातो हुने, ९७ जनामा दृष्टि दोष र १४० जनामा अन्य समस्या फेला परेका थिए ।

कार्यक्रममा स्वागत जीविकोपार्जन अधिकृत प्रकाश महर्जन र संचालन सब इन्जिनियर निर्प परियारको रहेको थियो ।

...

मंगलबार, ५ मंसिर ०७४ 

प्रतिक्रिया

Related