तस्वीरमा स्काफको २७ औं वार्षिकोत्सव– ‘थ्री–सी’ र गुणस्तरीय पूर्वाधार निर्माणका लागि बहस बन्यो ‘अद्वितीय’ संगम

निर्माण सञ्चार, काठमाडौं । नेपालको निर्माण उद्योगमा ढिलो गरी सुरु भएको बहस हो निर्माण उद्योग र सरोकारवालाहरुका कुरा ।

त्यसमा पनि ढिलो गरी बहस भएको विषय हो सार्वजनिक खरिद ऐन, समस्या, विकृति र चुनौतीबारे बहस ।

त्यो भन्दा पनि ढिला सुरु भएको बहस हो निर्माण उद्योग भित्रका तीन परिपूरक निकाय कन्सल्टेन्ट, कन्ट्र्याक्टर र क्लाइन्टबीचका कुरा, जसलाई ‘थ्री–सी’का नामले चिनिन्छ ।

सोसाइटी फर कन्सल्टिङ आर्किटेक्चर एन्ड इन्जिनियरिङ फर्मस् (स्काफ) ले यो ‘ग्याप’ पूर्ति गर्दै आरम्भ गरेको बहसमा यो कुराको अनुभूति हुन्थ्यो ।

मंसिर ३/४ गते दुई दिनसम्म चलेको स्काफको २७ औं वार्षिक उत्सव निर्माण जगत्का तीन निकायबीच बहसको थालनी गर्न वास्तवमै ऐतिहासिक बन्न पुगेको आयोजकले दाबी गरेको छ ।

हुन त आधुनिक नेपालको इतिहास नै कति पुरानो छ र, राणा शाही अन्त्यलाई लिएर २००७ सालमा प्रजातन्त्र आएको मानियो । नेपालको विकासको औपचारिक यात्रा सुरु भयो २०१३ सालमा योजना आयोगको गठन पछि । योजना आयोग सुरु सुरुमा बाटो–घाटो, पुल–पुलेसो, बत्ती–बिजुली तिर लाग्दै लागेन भन्दा हुन्छ ।

विदेशी डोनर एजेन्सीले सहयोग गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २०११/०१२ मा र त्रिभुवन राजपथ २०१३ मा उद्घाटन भएपछि बल्लतल्ल नेपालको एकभूभागदेखि अर्काे भूभाग, पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने बाटो बन्ने यात्रा सुरु भयो ।

यस बीचका कुरा नगर्ने हो भने, पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रजातन्त्र आएको अवधिमा पनि २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारले स्थानीय तहमा बजेट बढाएर ३ लाख पुर्याएपछि सुरु भयो गाउँ गाउँमा पुग्ने बाटो घाटो पग्ने रामकहानी ।

अहिलेसम्म नेपालका २ सदरमुकाम (हुम्ला र जुम्ला) बाहेक बाटो नपुगेको जिल्ला छैन भन्दै सरकार प्रचार गर्न व्यस्त छ ।

लोडसेडिङ ग्रस्त राजधानी बाहिर अझै पनि २० प्रतिशत जनताहरु बिजुलीबाट वञ्चित छन् ।

स्काफले आफ्नो वार्षिक दिवसमा निजी क्षेत्र र सरकारी क्षेत्र बीच रहेको खाडल पुर्दै दुवै पक्षलाई जवाफदेहिताका लागि पनि अपिल गरेको मान्छन् डा जगदीशचन्द्र पोखरेल ।

‘स्काफको यो खालको आयोजनाले अबको संघीय मुलुकमा कसरी अघि बढ्नु पर्छ भन्ने बहस आरम्भ त गरेकै हो, त्यतिमात्रै नभएर पछिल्ला दिनमा पूर्वाधार विकासका तीन निकाय बीच जुन तहबाट विभिन्न प्रश्न उठिरहेका छन्, यसले तीनओटै पक्षलाई अझै बढी जिम्मेवार, जवाफदेही र युगले मागे अनुसार ड्रइङ, डिजाइन र परिणाममुखी निर्माण कार्य दिनु पर्छ भन्ने सन्देश दिएको छ ।’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेद्वारा उद्घाटित दुई दिने गोष्ठिमा ४ ओटा विशिष्ट टपिकमा अन्तक्र्रियामूलक छलफल भएका थिए ।

पहिलो दिनको कार्यक्रम संक्षेप–

 

दोस्रो दिन मंसिर ४ गते ९ बजे सञ्चालन भएको पहिलो सत्रमा ‘गुणस्तरीय पूर्वाधार विकासका लागि ‘तीन सी’को सम्बन्ध’ विषयक बहस अत्यन्तै घनिभूत र चाखलाग्दो थियो ।

स्काफ पूर्व अध्यक्ष समेत रहेका कन्सल्टेन्ट विद् वदनलाल न्यह्याछोन सत्रका प्रमुख विषय प्रस्तोता (किनोट स्पिकर) थिए भने वाइसिएनसी अध्यक्ष वीरेन्द्रराज पाण्डे, प्रा सुमन नन्द वैद्य तथा वीरेन्द्र बहादुर देउजा कार्यपत्र प्रस्तोता थिए ।

प्यानलिस्ट सदस्यका रुपमा निजी क्षेत्र र सरकारी तहबाट सहभागी थिए एनइए, एफक्यान, नेपाल सरकारको रेल विभागका प्रतिनिधि ।

एनइएका अध्यक्ष हरेराम श्रेष्ठ भन्छन्, ‘तर, हामीले सोचे भन्दा छोटो भयो कि जस्तो लाग्यो । यो सेसनको बहस चैं अझै धेरै हुनु पथ्र्याे । किनकि आजको समस्या खनीखोस्री बाहिर ल्याउने सत्र नै थ्री–सी बीचको सम्बन्ध र आयाम विषयक बहस नै महत्त्वपूर्ण हो ।

सबैभन्दा चाखलाग्दो र तिनओटै पक्षले रुचाएको कार्यमभरकै सबैभन्दा आकर्षक पाटो नै रहेको सहभागीहरुको बुझाइ थियो ।

एनइएले पनि धेरै पहिलेदेखि यो बहसलाई अघि बढाउँदै आएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

स्काफको यो प्रयत्नले नेपालको निर्माण उद्योगमा रहेको स–साना समस्यालाई सरोकारवाला तिनओटै निकायबीच गराइएको यो बहसले पक्कै पनि नयाँ तरिकाले बहस आरम्भ गरेको सहभागीको प्रतिक्रिया छ ।

यसलाई निरन्तरता दिने र ऐनमा रहेका समस्यादेखि अभ्यासमा रहेका समस्या समेत निराकरण गर्ने गरी अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको सहभागीहरुको बुझाइ छ ।

कार्यक्रम कति फलिभूत भयो भन्ने दोस्रो एपिसोड निर्माण सञ्चारले दिने नै छ, कार्यक्रमका केही झलकहरु तस्वीर मार्फत् यहाँ दिइएको छ ।

स्काफ २७ औं वर्ष गाँठ : तस्वीरमा

 

 

 

 

 

 

 

 

...

बुधबार, ६ मंसिर, २०७४

 

प्रतिक्रिया

Related