आरजु देउवालाई पैसा खुवाएर बढुवा भएको कुरा चुहिएपछि ४ एआइजीको बेइज्जत, के काम तोकियो ?

निर्माण सञ्चार, काठमाडौं । प्रधानमन्त्री पत्नी आरजु देउवालाई पैसा बुझाएर पदोन्नति भएको भेद खुलेपछि लाजैमर्दाे भएका नेपाल प्रहरीका चार एआइजीहरुलाई तहकिकात गरिएको छ ।

स्रोत अनुसार आरजुले कैलालीमा सोही पैसाले घर किनेको कैलालीमै हल्ला भइरहेको बेला चार एआइजीलाई भने चुनावी रणनीति अनुसार काजमा खटाइएको हो ।

यी चार एआइजीहरुलाई सरकारले बुधबार बढुवा गरेको थियो ।

बढुवा भएका मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल, हेमन्तबहादुर पाल र पंकज श्रेष्ठलाई पदस्थापन गरिएको हो । उनीहरुको पदस्थापनसँगै दुई एआइजी भने सरुवामा परेका छन् ।

पुडासैनीलाई प्रदेश नम्बर ५ र नेपाललाई प्रदेश ७ को जिम्मेवारी दिइएको छ ।

प्रदेश ५ मा रहेका एआइजी मिङमार लामालाई सुरक्षा परिषद् र प्रदेश ७ का विजय भट्टलाई प्रहरी महानिरीक्षकको कार्यालयमा तानिएको छ ।

यस्तै, एआइजी पाललाई मानव स्रोत साधन विभाग र श्रेष्ठलाई कार्य विभागको जिम्मेवारी तोकिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले चार डिआइजीलाई एआइजीमा बढुवा गरेको हो।

गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवा सिफारिसमा चित्त नबुझे एक साताभित्र उजुरी गर्न सकिने प्रावधान रहे पनि उनीहरु विरुद्ध कुनै पनि उजुरी नपरेपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो ।

 

 

...

बुधबार, ६ मंसिर, २०७४


 

प्रतिक्रिया

Related