चुनावका लागि हुम्लाको हिल्सा नाका ७२ घण्टा बन्द

१२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन
निर्माण सञ्चार, काठमाडौँ | अगामी १० मंसिरमा (आइतबार) हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हुम्लाको हिल्सा नाका बन्द गरिएको छ ।

बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि उत्तरी हिल्सा नाका बन्द गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् ।

उक्त जिल्लाका सबै मतदान केन्द्रमा सुरक्षाकर्मीहरु, मतपेटिकाहरु र मतपत्रसहित पुगिसकेकोले निर्वाचन मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारीले बाँस्कोटाले जानकारी दिए ।

जसअन्तर्गत म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना गरी १२ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रजिअ बस्ताकोटीले भने,‘ हुम्ला जिल्लाको सुरक्षा संयन्त्र कडा बनाइएको र निर्वाचनमा मतदाताले ढुक्कसँग मतदान स्थलमा आएर मतदान गर्न सक्छन् ।’

यस जिल्लाका १५ वटा मतदान स्थल अतिसंवेदनशील, १६ वटा संवेदनशील र २१ वटा सामान्य रहेका छन् । उक्त मतदान स्थलहरुमा सुरक्षाकर्मी पनि खटिसकेको र मोबाइल टोली समेत व्यवस्था गरिएको छ ।

साथै यी तीन स्थानमा नेपाली सेनाको क्याम्प राखिएको छ ।

...

शुक्रबार, ८ कात्तिक ०७४ 

प्रतिक्रिया

Related