नेपाल सरकारद्वारा बंगलादेश मेडिकल शिक्षा पढ्न जान रोक

अवैधानिक कलेजका कारण नेपाली प्रत्यक्ष मारमा
निमार्ण सञ्चार, काठमाडौं । नेपाली विद्यार्थीहरु बंगलादेशमा अवैधानिक कलेजमा पढिरहेको जानकारी पाएपछि सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ ।

करिब २ सय नेपाली विद्यार्थी बंगलादेशमा अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दुतावासले जानकारी दिएको छ ।

दुतावासका अनुसार बंगलादेशका कालो सूचीमा परेका कलेजमा २०० नेपाली विद्यार्थी बिडिएस र एमबिबिएस पढिरहेको अनुमान शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय लगायतले जाकारी दिएको छ ।

धेरैजसो विद्यार्थीहरु काउन्सिलको मातहतबाट जाने गरेको र कलेजको बारेमा राम्रोसँग नबुझी जाने गर्दा यस्तो समस्या आएको काउन्सिलले ठहर गरेको छ ।

पठाउने एजेन्टले राम्रासँग नबुझ्दा र विद्यार्थीले पनि राम्रोसँग नबुझ्दा धोका भएको नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा दिलिप शर्माले जारकारी दिए । शर्माका अनुसार छोराछोरी अवैधानिक कलेजमा फसेको जानकारी पश्चात अभिभावकहरुले पनि काउन्सिलमा उजरी दिने क्रम जारी छ ।

बंगलादेशमा नेपाली विद्यार्थीले पढिरहेका सबै कलेजले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्वन्धन नलिएको र कुनै दर्ता नै नभएको पाइएको छ । बंगलादेशमा एमबिबिएस पढ्न करिब ५० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्छ ।

कलेजमा लाग्ने रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् । एक तथ्यांकलाई हेर्ने हो भने नेपालबाट मेडिकल शिक्षा पढ्न विदेश जानेहरुमध्ये ७२ प्रतिशत बंगालदेशमा गएका छन् ।

सन् २०१६ मा ४७८ जना विदेश पढ्न गएकामा ३२८ जना बंगादेशमा गएको पाइएको छ । विदेशमा एमबिबिएस पढेकाहरुले नेपाल मेडिकल काउन्सीलले लिने टेस्ट परीक्षा उत्तीर्ण गर्नुपर्दछ ।

...

शुक्रबार ८, मंसिर ०७४

प्रतिक्रिया

Related