बुढीगण्डकी आयोजना विद्युत प्राधिकरणलाई दिने निर्णय

निमार्ण सञ्चार, काठमाडौं । सरकारले बुढीगण्डकी आयोजना विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको छ ।

यस अघि सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिने निर्णय फिर्ता गरेको बुढीगण्डकी आयोजना शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कमल थापाले १५ दिनभित्र निर्माण रिपोर्ट तयार गर्ने र उक्त रिपोर्टका आधारमा काम थालिने बताए ।

सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै कात्तिक २७ गते उक्त आयोजना चिनियाँ कम्पनीलाई दिन गरिएको निर्णय खारेज गरेको थियो ।

यसअघि प्रचण्ड नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई बूढीगण्डकी आयोजना दिने निर्माण देउवा सरकाले खारेज गरेपछि जनस्तरबाट देउवा सरकारको आलोचना बढेपछि सरकारले विद्युत प्राधिकरणलाई दिने निर्णय गरेको हो ।

क्याबिनेट बैठकपछि सिंहदरबारमा उर्जामन्त्री थापाले पत्रकार सम्मेलन नै गरेर यो आयोजना विद्युत प्राधिकरणले बनाउने निर्णय भएको सुनाएका हुन् ।

...

शुक्रबार ८, मंसिर ०७४

प्रतिक्रिया

Related