‘करप्सनका ह्वेल’ चूडामणि शर्मासँग अख्तियारद्वारा बयान सुरु, अकूत सम्पत्ति कमायौ कसरी ?

निर्माण सञ्चार, काठमाडौं । झन्डै एक वर्षको नेपालको बजेट बराबर रकम तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् भ्रष्टाचार गरेका चुणामणि शर्माको अकुत सम्पत्तिमा अख्तियारले बयान लिन सुरु गरेको छ ।

करप्सनका ह्वेलका रुपमा चर्चित उनी आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई गत १९ जेठमा अख्तियारले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो

त्यसपछि उनी निलम्बनमा परेका थिए ।

तत्कालीन कर फछ्र्यौट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिइएको विषयमा उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

उक्त मुद्दा सीमित फाइलबाट प्राप्त प्रमाणका आधारमा दायर गरिएको हो । थप फाइल खोल्दै जाने क्रममा सातदिने म्यादसहित आयोगमा हाजिर हुन कात्तिक अन्तिम साता उनलाई पत्र पठाइएको थियो ।

तर, उनी तोकिएको समयभित्र उपस्थित भएनन् ।

त्यसको कारणसहित अख्तियारमा निवेदन दिएका छन् । शर्मासहित तत्कालीन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकालविरुद्धको मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले शर्मा, महत र ढकालविरुद्ध १० अर्ब दुई करोड रुपैयाँ बिगो दाबीसहित गत साउनमा विशेषमा मुद्दा दायर गरेको हो । शर्मा अझै विशेष अदालत गएका छैनन् ।

महत र ढकाल भने जनही एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त भएका छन् ।

 

 

...

शुक्रबार, ८ मंसिर, २०७४

 

प्रतिक्रिया

Related