राष्ट्रिय गौरवको आयोजना ‘महाकाली करिडोर’– जिम्मा लिएका ८ कम्पनीलाई एक करोड जरिवाना

‘सुस्ताएको आयोजनाको कामलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ३० पटकभन्दा बढी लिखित जानकारी’ भएन कामको थालनी
निर्माण सञ्चार, काठमाडौं | आयोजनाले महाकाली करिडोर निर्माणको जिम्मा लिएका ८ वटा निर्माण कम्पनीलाई कार्वाही गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यस करिडोर अन्तर्गतको दार्चुला–तिंकर सडकखण्डका ८ वटा कम्पनीहरुलाई कार्वाही गरी आयोजनाले एक करोडभन्दा बढी रुपियाँ जरिवाना गरेको छ ।

आयोजनाका प्रमुख मनिसकुमार शाहका अनुुसार सुस्त गतिमा निर्माण भइरहेका तथा रकम खर्च गर्न नसक्ने आयोजनाका रुपमा रहेको दार्चुला तिंकर सडक निर्माण कम्पनीहरलाई द्रुतगति प्रदान गर्न भन्दै आयोजनाले निर्माण कम्पनीहरुलाई ३ वर्षमा एक करोड १२ लाख भन्दा बढी जरिवाना गरिएको छ ।

आर्थिक वर्ष ०७१–०७२ मा जगदम्बा,नरसिह र कालपानी जेभीलाई ७ लाख ५३ हजार ७ सय २९ रुपियाँ १६ पैसा, जागृती, मालिकार्जन र शिखर जेभीलाई एक लाख ७५ हजार ८६८ रुपियाँ ८६ पैसा तथा गोल्डन गुड, नरसिह, कालापानी जेभीलाई २१ लाख ४५ हजार १३१ रुपियाँ १७ पैसा गरी जम्मा ३० लाख ७४ हजार ७२९ रुपियाँ १९ पैसा जरिवाना गरेको कार्यालयले जानकारी दिएको छ ।

त्यसैगरी, आर्थिक वर्ष ०७२–७३ मा ३ निर्माण ज्वाइन्ट भेञ्चरलाई ४३ लाख ९ हजार ५२३ रुपियाँ ३८ पैसा जरिवाना गराइएको थियो ।

यस आर्थिक वर्षमा एडभेन्चर र शनिदेव जेभीलाई ९ लाख ४१ हजार ४९२ रुपियाँ ७१ पैसा, साप, जागृती, तुल्छी र दुर्गा जेभीलाई १२ लाख ५४ हजार २५९ रुपियाँ ७९ पैसा तथा थोडुङ्गा जसलिङ जेभीलाई २१ लाख १३ हजार ७७० रुपियाँ ८८ पैसा जरिवाना गराइएको थियो ।

लेखापाल चेत भट्टले जानकारी दिएअनुसार आर्थिक वर्ष ०७३–०७४ मा राजेन्द्र निर्माण सेवालाई १९ लाख ४२ हजार ९२० रुपियाँ र रायमाझी, जगदम्वा, नरसिह जेभीलाई २७ लाख ३३ हजार ९५९ रुपियाँ ६३ पैसा गरी ३८ लाख ७६ हजार ८७९ रुपियाँ ६३ पैसा जरिवाना गरेको थियो ।

आयोजनाका प्रमुख शाहले भने,‘ सुस्ताएको उक्त आयोजनाको कामलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ३० पटकभन्दा बढी लिखित जानकारी गरिएको थियो ।’

आर्थिक वर्ष ०६५–६६ देखि निर्माण कार्य थालिएको दार्चुलाको तिंकर सडकको काम वर्षायाममा सुरु भएसँगै बन्द भएको थियो ।

कहिले मौसमका कारण त कहिले जिलेटिन लगायत निर्माण सामग्रीहरु अभावका कारण निर्माण कार्य बन्द हुने उक्त सडकखण्डको काम अझै सुरु समेत हुन सकेको छैन ।

यसरी कछुवा गतिमा निर्माण भइरहेको तिंकर सडकको खलंगा देखि उक्त पश्चिम तिंकरसम्मको १ सय ४० किलोमिटर सडकखण्डमध्ये हालसम्म १८ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ ।

यस्तै गतिमा सडक विस्तार हुने हो भने अझै वर्षौसम्म दुहूँ क्षेत्रका बासिन्दाहरुले गाडी चढ्न नपाउने स्थिति देखिएको छ ।

...

सोमबार, २३ असोज ०७४

प्रतिक्रिया

Related