किन राख्यो चिनियाँ कम्पनीले यस्तो नयाँ सर्त ?

संयुक्त कम्पनी निर्माण गरेर ‘बेस्ट सेती हाइड्रोपावर’ बनाउने योजना योजनामै सिमित,अझै बनेन संयुक्त कम्पनी !
निर्माण सञ्चार, काठमाडौं | चिनियाँ कम्पनीले पश्चिम सेती जलाशययुक्त विद्युत् आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) अनुमोदन पछि फेरि नयाँ सर्त अघि सारेको छ ।

सम्झौता भएको ४ वर्षपछि गत माघको पहिलो साता जेभीए भएपनि ६ महिनापछि बल्ल बोर्डबाट अनुमोदन गरेको प्रवर्धक चिनियाँ कम्पनी थ्री गर्जेजको सहायक कम्पनी सीडब्लूई इन्भेस्टमेन्ट कर्पोरेसनले पुनः चार सर्त अघि सारेको हो ।

उर्जा मन्त्रालय र कर्पोरेसनबीच ०६८ फागुनमा भएको सम्झौतामा ६ महिनाभित्र अध्ययन सकेर एक वर्षभित्र जेभीए गरी नेपाल विद्युत् प्राधिकरण र कर्पोरेसनले संयुक्त रुपमा कम्पनी स्थापना गर्ने उल्लेख गरेको छ ।

तर, गत माघमा मात्र प्राधिकरण र कर्पोरेसनबीच सहमत भएको थियो । उक्त जेभीएलाई दुवै प्रवर्धकले अनुमोदन गर्नुपर्नेमा प्राधिकरणले गत माघमै गरेको थियो भने कर्पोरेसनले हालै मात्र गरेको थियो ।

कर्पोरेसनले जेभीए अनुमोदनसँगै लगानी बोर्ड र विद्युत् प्राधिकरणलाई पठाएको पत्रमा पहिला भएका खर्चको पुँजीकरण, यसको महशुल नीति, स्थानीय सेयरको वित्तीय व्यवस्थापनको प्रक्रिया र ऋण लगानीका लागि ग्यारेण्टीलगायत सर्तहरू राख्दै यसमा थप स्पष्टता खोजेको छ ।

नेपाल राष्ट्र बैंकले कर्पोरेसनले हालसम्म भएको खर्च पुँजीकरण गर्ने सहमति दिएपछि संयुक्त कम्पनी स्थापना गर्ने उल्लेख रहेकोमा राष्ट्र बैँकले निकालेको सूचनामा पुर्व सर्तहरू पर्याप्त नभएको भन्दै थप छलफल गर्नुपर्ने सर्त अघि सारेको छ ।

त्यस्तै, आयोजनाबाट उत्पादित विजुलीको महशुल स्पष्ट नभएको, आयोजनामा एक्जिम बैक अफ चीनले ऋण लगानी गर्न प्राधिकरण र कर्पोरेसन दुवै ग्यारेण्टी बस्नुपर्नेबारे स्पष्ट नभएको उल्लेख छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार केही कुरामा थप स्पष्ट हुनुपर्ने भन्दै कर्पोरेसनले पत्र पठाएकोले आगामी २३ देखि २५ तारिखभित्रको समय उपयुक्त हुने गरी प्रत्युत्तर पठाइने जानकारी दिए ।

कर्पोरेसनले केही कुरामा रिजर्भेसन राखेको छ, त्यो कुरामा कर्पोरेसन स्पष्ट भएमा अब हुने बैठकमा संयुक्त कम्पनी निर्माण हुन सक्ने प्रवक्ता अधिकारीले बताए ।

संयुक्त कम्पनी स्थापना गरेर तीन वर्षअघि वित्तीय व्यवस्थापन गरी सोही वर्ष सुरु गरेर २०७६ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पश्चिम सेतीको अहिलेसम्म संयुक्त कम्पनी समेत निर्माण हुन सकेको छैन ।

संयुक्त रुपमा गठन हुने वेष्ट सेती हाइड्रोपावर डेलभमेन्ट कम्पनीमा कर्पोरेसनको ७५ र विद्युत् प्राधिकरणको २५ प्रतिशत सेयर रहने उल्लेख गरिएको छ ।

...

बुधबार, २५ असोज ०७४ 

प्रतिक्रिया

Related