गौचनको अन्त्येष्टि बिहीबार, महासंघ मुख्यालयमा श्रद्धाञ्जली सभा !

बिहीबारका विरोध कार्यक्रम थाँती राख्दै महासंघले गर्यो यस्तो आकस्मिक निर्णय
निर्माण सञ्चार, काठमाडौं । थकाली बौद्ध धर्म–सांस्कृति परम्परा अनुसार मृत्यु भएको तेस्रो दिनबाटै अन्त्येष्टि संस्कार सुरु नगरी नहुने आन्तरिक तथा पारिवारिक दबाब पछि नेपाल निर्माण व्यवसायी महासंघले महासंघ अध्यक्ष स्वर्गीय शरद कुमार गौचनको बिहीबार नै अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

अन्त्येष्टि पूर्व मृतक गौचनको पार्थिव शरीर बिहीबार विहान १० बजेदेखि नै अन्तिम श्रद्धाञ्जलीका लागि निर्माण व्यवसायी महासंघ मुख्यालय अनामनगरमा राखिने भएको छ ।

बुधबार ४ बजे एफक्यान परिसरमा भएको पत्रकार सम्मेलनमा एफक्यान पदाधिकारी, थकाली समाजका अध्यक्ष कृष्ण कुमारी शेरचन लगायतले पत्रकारहरु माझै आफ्नो परम्परा र अन्तिम संस्कारका लागि मृतक गौचनका घरमा आएका आफन्तहरुको गुनासो सम्बोधन गर्न महासंघले यस्तो निर्णय लिन सक्ने बताइएको थियो ।

पढौं यी समाचार लिंकहरु पनि–

कार्यक्रममा बोल्दै सुकुन्तलाल हिराचनले प्रधानमन्त्री, गृहमन्त्री र सरकारका विभिन्न निकायहरुले समेत मृतक गौचनलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइसकेको समेत जानकारी दिएका थिए ।

सरकारी पक्षले पनि आन्दोलनका कार्यक्रम फिर्ता लिई सरकारलाई सहयोग गर्न आग्रह गरेको उनले जानकारी दिए ।

सरकारी पक्षको आग्रह र आफन्तजनको आग्रहलाई मध्यनजर गर्दै महासंघले स्वर्गीय गौचनको अन्तिम संस्कार गर्न बाटो खुलाएको बताएको छ ।

तर, महासंघले भने आन्दोलनका अरु कार्यक्रमहरु भने जारी नै राख्ने बताएको छ ।

बिहीबार आन्दोलनकै एउटा पाटोका रुपमा अन्तिम श्रद्धाञ्जली सभा गरिने र पार्थिव शरीर आफन्तलाई जिम्मा दिए सँगै बिहीबार मध्याह्नमै पशुपति आर्यघाटमा गौचनको अन्तिम संस्कार हुने छ ।

भोलिका कार्यक्रम स्थगित गर्दै श्रद्धाञ्जली सभा राखेको महासंघले पर्सिदेखि भने आन्दोलनलाई नै जारी राख्ने बतायो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको सोमबार दिउसो साँढे २ बजेतिर अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

आतंककारी शैलीमा आएका मुखुण्डोधारी दुईजनाले उनकै निवास भन्दा ५० मिटर तल शान्तिनगर स्थित प्रयाग मार्गमा अफिस जाने सिलसिलामा गोली हानी हत्या गरेका थिए ।

अहिलेसम्म पनि फरार रहेका अभियुक्त बारे सरकारले भने कुनै कुरा बाहिर ल्याउन सकेको छैन ।

चन्दा आतंक मच्चाउँदै आएका विभिन्न आपराधिक गिरोहका नाउँ भने उनको हत्यामा संलग्न रहेको अनुमान गरिएको छ ।

विभिन्न जिल्लामा विरोध, पर्सिका कार्यक्रम यथाबत

महासंघ अन्तर्गतका विभिन्न ५० ओटा जिल्ला संघले बुधबार पनि जिल्लाका मुख्य सहरमा एक घण्टा चक्का जाम र विरोध र्याली गरेको एफक्यानले बतायो ।

आन्दोलनकै कार्यक्रम अन्र्तगत असोज २७ गते उपत्यकाको माइतीघर मण्डला, कोटेश्वर र कुपण्डोलमा विहान ९ बजेदेखि १० बजे सम्म चक्का जाम गरिने व्योहरा जानकारी गराउन चाहन्छौं ।

त्यस्तै असोज २८ मा देशभरि प्रत्येक राजमार्गमा विहान १० बजेदेखि ११ बजे सम्म चक्का जाम गरिने महासंघले जनाएको छ ।

 

 

...

बुधबार, २५ असोज २०७४

 

प्रतिक्रिया

Related