एमालेबाट ११ इन्जिनियर सिफारिस– हट लिस्टमा डा देवकोटा र डा अमात्य पनि

निर्माण सञ्चार, काठमाडौं । नेकपा एमाले निकट पेसागत तथा प्रगतिशील इन्जिनियर्स एसोसियसन नेपालको केन्द्रीय समिति बैठकले राष्ट्रिय योजना आयोगमा समेत काम गरेर पाको अनुभव बटुलेका डाक्टर सहित ११ जना इन्जिनियरलाई आगामी उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

प्रतक्ष र समानुपातिक गरी विभिन्न प्रदेसका अगुवा इन्जिनियरलाई सिफारिस गरिएको इन्जिनियर सञ्जीव रोकाहाले निर्माण सञ्चारलाई बताए ।

सिफारिसमा परेका मध्ये डा दिनेशचन्द्र देवकोटा राष्ट्रय योजना आयोगका पूर्व उपध्यक्ष तथा हाल बुद्धिजीवी परिषदको अध्यक्षको जिम्मेवारी लिइरहेका छन् भने डा सुमित्रा अमात्य योजना आयोगमै यस अघिको ओली सरकारमा योजना आयोगमा काम गरेकी सशक्त महिला हुन् ।

डा आमाअत्य फोहोर मैला व्यवस्थापनको पूर्व कार्यकारी अधिकृत पनि हुन् ।

ओली सरकारको चर्चित योजना २ वर्ष भित्रै तुइन विस्थापन अभियानका प्रमुख सम्वाहकका रुपमा काम गरी चर्चा पाएका ई. गजेन्द्र थापालिया पनि भावी चुनावका लागि सिफारिस भएका छन् ।

थपलिया पूर्ववर्ती ओली सरकारको विकास मामिला प्रमुख सल्लाहकारका रुपमा काम गरेका थिए । त्यस्तै, स्काफ महासचिव कृष्ण सापकोटा पनि भावी चुनावका लागि उम्मेदवार सिफारिस भएका छन् ।

महासचिव सापकोटा युवा व्यवसायी मात्र नभई इन्जिनियरिङ तथा कन्सल्टिङ क्षेत्रमा राष्ट्रकै लागि चाहिने अनुभवी छवि सँगालिसकेका व्यक्ति हुन् ।

एनइए चुनावी सरगर्मीमा सबैभन्दा चर्चामा रहेका ई. सञ्जीव रोकाहा भावी प्रदेश सभा निर्वाचनमा सिफारिस भएका छन् । युवा इन्जिनियर रोकाहा एमाले निकट युवा संघ नेपालका नेता हुन् भने आफ्नो क्षेत्रमा विभिन्न शैक्षिक अभियानका अभियान्ता हुन् ।

युवा माझ चारचित व्यक्तित्व हुन् रोकाहा यो सहित पुरानो अनुभव सम्हालेका इन्जिनियरहरु एमालेबाट सिफारिस हुन सफल भएका छन् ।

सिफारिस नामहरु–

 

...

बुधबार, २५ असोज २०७४

 

प्रतिक्रिया

Related