एफक्यान अध्यक्ष गौचनको हत्याको इट्टा उद्योग महासंघको घोर भत्र्सना

निर्माण सञ्चार, काठमाडौं | नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी गरिएको हत्याको विरोधमा नेपाल इट्टा उद्योग महासंघ (एफएनबीआई)ले विज्ञप्ति मार्फत् भत्र्सना गरेको छ ।

व्यावसायिक सुरक्षा र शान्तिको प्रत्याभूति समेत कमजोर रहेको भन्दै महासंघले शान्ति तथा सुरक्षाको समेत माग गरेको छ ।

विज्ञप्ति जारी गर्दै महासंघले यस प्रकारको अमानविय र कायरतापूर्ण कार्यप्रति घोर भत्र्सना तथा आपत्ति प्रकट गरेको हो ।

देश क्रमशः राजनीतिक स्थायित्व तर्फ गईरहेको र व्यवसायले प्राथमिकता पाउदै गरेको अवस्थामा राजधानीको व्यस्त स्थानमा व्यवसायीको हत्या हुँदा सम्पूर्ण व्यावसायिक क्षेत्रमा पुनः भयवित अवस्था सृजना भएको छ ।

यस निन्दनिय कार्यको तत्काल छानविन भई हत्यारा तथा हत्यामा संलग्नलाई अविलम्ब पहिचान गरी हदै सम्मको कारबाही हुन जरुरी भएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

साथै यस महासंघले स्वर्गीय गौचनप्रति भावपूर्ण श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

....

बिहीबार, २६ असोज ०७४ 

प्रतिक्रिया

Related