तिलाठी सीमा रक्षक यादव एमालेमा प्रवेश !

निर्माण सञ्चार, काठमाडौं | सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

यादवले एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर पार्टी प्रवेश गरेका हुन् ।

उनले तिलाठी कोइलाडीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व गरेका थिए ।

यसैक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले यादवमाथि सांघातिक आक्रमण गरेका थिए । त्यसपछि राष्ट्रिय चर्चामा आएका यादवलाई भारतीय प्रहरीले गत साता पक्राउ गरेको थियो ।

भारतीय प्रहरीले पक्राउ गरेका छोरालाई छुटाउन गएका यादवलाई पनि हिरासतमा लिएर अपहरण मुद्दा चलाइएको थियो । तर, साधारण तारेखमा उनी छुटिसकेका छन् ।

०५४ मा कांग्रेसबाट क्षेत्रीय सदस्य बनेका उनी कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए ।

यादवले एमालेले लिएको राष्ट्रियताको अडान र आफ्नो अभियानबीच मेल खाएकाले पार्टी प्रवेश गरेको जानकारी गराए ।

यादवलाई एमालेले आसन्न निर्वाचनमा उम्मेदवार बनाउने भएको छ ।

...

बिहीबार, २६ असोज ०७४ 

प्रतिक्रिया

Related