सुनखानी बहुउद्देश्यीय सहकारीको नवौं साधारणसभा सम्पन्न

निर्माण सञ्चार, काठमाडौं | नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ७ मा सुनखानी बहुउद्देश्यीय सहकारीको नवौं साधारणसभा सम्पन्न भएको छ ।

उक्त सभा गाउँपालिका अध्यक्ष रामकृष्ण थापाको प्रमुख अतिथिमा उदघाटन भएको हो । विशेष अतिथि कार्डसन नुवाकोटका अध्यक्ष तथा समाजसेवी पदम उप्रेती रहेका थिए ।

साथै अतिथिहरु वडा अध्यक्ष माधब भेटवाल, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, जिल्ला बार एसोसिएसनका अध्यक्ष देवराज कडेल, नुवाकोट जिल्ला समवन्वय समिति सदस्य रामसिङ तामाङ तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागी रहेको थियो ।

सो कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष थापाले गाउँपालिका सबैसँग समन्वयन गरेर गाउँ विकासको काममा अघि बढ्ने बताए ।

विशेष अतिथि कार्डसन नुवाकोटका अध्यक्ष तथा समाजसेवी उप्रेतीले भने शिवपुरीगाउँपालिकाको विकासमा एकसाथ रहेर अघि बढे समृद्ध गाउँपालिका हुने बताए ।

त्यस्तै, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिल देब खनालले सहकारीको माध्यमबाट गाउँ विकासमा टेवा पुग्ने बताए । कार्यक्रम सहकारीको अध्यक्ष प्रकास पाण्डेको सभापतित्वमा भएको थियो भने सचिब सन्तबहादुर डङगोलले सञ्चालन गरेका थिए ।

यसैगरी स्वागत मन्तब उपाध्यक्ष बिन्दा तामाङले दिएका थिए । यस कार्यक्रम गजबको रेडियोले प्रत्यक्ष प्रसारण गरेको थियो । साथै कार्यक्रम ग्रामीण देवि मा.वि प्रङगणमै भएको थियो ।

हरिराम भेटवाल, शिवपुरी

....

आइतबार, २९ असोज २०७४ 

प्रतिक्रिया

Related