‘फिट एन्ड फाइन’ रहन के गर्ने ? यस्तो छ तरिका ?

‘स्लिम र आकर्षक’ हुन खाना खान छोड्नुपर्दैन, केही कुरामा ध्यान दिए पुग्छ !
निर्माण सञ्चार, काठमाडौं ।|‘हामी फिट एन्ड फाइन’ रहन खाना खानै छोड्नुपर्छ भन्ने सोच राख्छौं । कतिपयले भने थोरै खान खाएर वा खानै नखाई स्लिम हुने आशमा बसिरहेका पनि छौं ।

तर, स्लिम र आकर्षक हुन खान खान छोड्नेपर्छ भन्ने होइन । समान्य कुरामा ध्यान दिएर नै शरीरलाई ‘फिट एन्ड फाइन’ रहन सकिन्छ ।

जसका लागि–

० नियमित व्यायाम गर्ने

शारिरिक फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले भने मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ ।

व्यायाम शारीरिक संगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । हामीले शरीर र मनलाई स्फूर्त राख्ने शारीरिक व्यायामका लागि केही समय छुट्याउनुपर्ने हुन्छ ।

दैनिकरुपमा थोरै समय शारीरिक व्यायम गर्दा शरीर, मन र दिमाग स्वस्थ राख्न मद्दत पुग्छ ।

थोरै–थोरै खाइरहने

हामीले छिन–छिनमा केही खाइरयौं भने दिमागमा भोक लागेको कुरा आउँदैन र क्यालोरीयुक्त खानेकुराको चाहना हुँदैन ।

बिस्तारै–बिस्तारै खाने

स्वाद लिएर बिस्तारै–बिस्तारै खाना खायो भने हामीले पेट भरिएको महसुस गर्छौं । चाडो–चाडो खाना खाने गरियो भने यस्तो अनुभव गर्न सकिन्न ।

निन्द्रा पुग्नेगरी सुत्ने

केही शोधले निद्राको कमी तौल बढ्नुको कारण बताएका छन् । अनिन्द्रामा तनाव महसुस हुन्छ । तनावसँग सम्बन्धित हार्मोनले शरीरमा अत्यधिक मात्रामा पानी बढाइदिने गर्छ । यसले तौल बढ्न सक्छ ।

अल्कोहलबाट टाढै बस्ने

फिट रहन चाहाने हो भने मदिरापानबाट टाढा रहनुपर्छ । मदिरा सेवनले पनि मोटोपन बढाउन सक्छ । बाहिर खाने बानी हटाउने बाहिर रेस्टुरेन्टमा गएर खानुभन्दा घरको खाना खाँदा स्वस्थ रहन सकिन्छ ।

घरको खाना ताजा र स्वास्थ्यवद्र्धक हुन्छ । घर बाहिरको खानामा क्यालोरीको मात्रा बढी हुने गर्छ ।

शाकाहारी खाना खाने

शाकाहारी खाना खाँदा स्वास्थ्य राम्रो हुन्छ । मांसाहारी भोजनमा पोषकतत्व बढी हुन्छ । जसले मोटोपन बढाउँछ । हरियो सागसब्जी, गेडागुडीले इत्यादीले शरीरलाई स्वस्थ र फिट राख्न मद्दत गर्छन् ।

खाना खान नछोड्ने

खाना नै नखाई डाइटिङ गर्नाले ‘फिट एन्ड फाइन’ बन्ने होइन । यसो गर्नुभन्दा खाइरहेको खानाको मात्रा कम गर्नु राम्रो हुन्छ । खाना सँधै सानो प्लेट वा थालमा खानु राम्रो हुन्छ ।

स–साना काम गर्ने

शरीरलाई फिट र फुर्तिलो राख्न स–साना घरायसी काम गर्नुपर्छ । यस्ता कामले हाम्रो शरीरको ‘एक्स्ट्रा क्यालोरी’ कम गर्छन् ।

शारीरिक अभ्यासका लागि सरसफाइ, फूलबारीमा गोडमेल आदि पनि गर्न सकिन्छ । शरीरले गर्न सक्ने कामले शरीरलाई समस्या ल्याउँदैन ।

....

आइतबार, २९ असोज २०७४ 

प्रतिक्रिया

Related