सन्राइज बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न

 निर्माण सञ्चार, काठमाडौं | सन्राइज बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सवको उपलक्ष्यमा गरेको प्रभातफेरी कार्यक्रम सम्पन्न  गरेको छ । 

कार्यक्रम बैंकको प्रधान कार्यालय गैह्रिधारा हुँदै गोमा गणेश, प्रहरी पेट्रोल पम्प, नक्शाल भगवती, जैनमन्दिर चोक, कमलपोखरीे, कमलादी गणेशस्थान, घण्टाघर, रत्नपार्क ,जमल, विश्वज्योती, दरबारमार्ग, हात्तिसार, नागपोखरी, राजदरबार पूर्वीगेट हुँदै पूनः गैह्रिधारामा आएर सम्पन्न भएको हो ।  

‘हामी सङ्ग–सङ्गै’ भन्ने मूल नाराका साथ यस कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा बैंकका संचालक समितिका संचालकहरु डा. भोगेन्द्र गुँरागाई, ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यबाट संयुक्त रुपमा रिबन काटेर शुभारम्भ गरिएको हो ।

बैंकद्वारा आयोजित र्यालीमा नायब महाप्रबन्धकहरु आशा राणा अधिकारी, अपछ कुमार यादब, रबिन कुमार नेपाल, सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रका साथै बैंकका कर्मचारीहरुको सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

सोहि दिन बैंकको उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयहरुमा समेत प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो । 

बैंकले दशौं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशव्यापी रुपमा रक्तदान कार्यक्रम, बाग्मती सरसफाई कार्यक्रम, कम्प्युटर वितरण लगायतका सामाजिक कार्य गर्ने भएको छ ।

त्यस्तै, देश भरिका शाखा मार्फत् वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आँखा जाँच, बृद्घाश्रम तथा अनाथालयमा आर्थिक सहयोग, धार्मिक एवं पूरातात्विक स्थलको संरक्षण तथा प्रवर्धनमा टेवा पुग्ने खालका कार्यक्रमहरु समेत आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ ।  

...

सोमबार, ३० असोज ०७४


 

 

 

प्रतिक्रिया

Related