बचतपत्र निष्काशन गर्ने तयारीमा राष्ट्र बैंक

निर्माण सञ्चार, काठमाडौं  | नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागी ८.५ प्रतिशत ब्याजदरको नागरिक बचतपत्र निष्काशन गर्ने तयारी थालेको छ ।

बैंकले पञ्चबर्षिय अवधिको बचतपत्र आगामि कार्तिक १२ गतेदेखि निष्काशन गर्न लागेको हो ।

आगामी मंसिर १ गतेसम्म बचतपत्र खरिदका लागि आवेदन दिन पाइने बैंकले जानकारी दिएको छ । बैंकले ब्याज प्रत्येक ६ महिनामा र सावा आगामि ०७९ मंसिर ६ गते उपलब्ध गराउने छ ।

बचतपत्र खरिद गर्न चाहने सर्वसाधारणका लागि कम्तीमा १० हजार रुपियाँ बराबरको आबेदन फर्म भर्नुपर्ने प्रावधान मिलाइएको छ । बैंकले दुई अर्ब रुपियाँको बचतपत्र निष्काशन गर्न लागेको हो ।

....

मंगलबार, ७ असोज, २०७४ 

प्रतिक्रिया

Related