सुशीलको ‘सोच’ जन्मदिनको उपहार

३ मंसिर, निर्माण सञ्चार

अजय अधिकारीले टाइटलका रुपमा लेख्ने अर्काे नाम हो ‘सुशील’ । तपाईंलाई लाग्ला यिनी त काँग्रेस सभापति कोइराला सुशील पो हुन् कि ! झुस्स दाह्री भएका वयोवृद्ध सुशील कहाँ हुन् र ! यिनी त एक यस्तो ‘भर्साटाइल’ व्यक्तित्व हुन्, तन र मन दुवैमा ‘योङ’ ।

बस् गीककार ‘सुशील’ अर्थात् अजय अधिकारी ‘सुशील’ । उनको परिचय यतिमै खुम्चदैन । एक त उनी समता शिक्षा निकेतनका प्रशासक । अर्काे खोज्नस् त यस्तै केही विशेषता छन् कि !

स्वरका धनी ! उनका सुमधुर स्वर भरिएका दर्जनौं यस्ता गीती एल्बम् बजारमा छन्, जसले बालबालिकादेखि वृद्ध–वृद्धासम्मका मनलाई खिचेका छन् । उनको क्षेत्र नै अनौठो छ ।

गीतमा सबै पुस्ता र काममा सबै क्षेत्र ! वास्तवमा तपाईंको स्पेसल बिट चैं के हो त ? भन्ने निर्माण सञ्चारको प्रश्नमा ‘सुशील’ केहीबेर घोत्लिन पुग्छन् । भन्छन्, ‘कला, साहित्य र संगीत मेरालागि अक्सिजन जस्तै हो, जुन हरपल फेरिइरहन्छ, र नभइ हुँदैन ।’

साहित्य संगीत कला विहीन, साक्षात् पशुपुच्छ विषाणहीन ... अर्थात् साहित्य, संगीत र कलाविहीन मानिस पुच्छर नभएको पशुजस्तै हो । अब सोचौं त कला, साहित्य र संगीतको मर्म ।

कल्पना गर्नाेस् त यदि यी तिनवटै प्रतिभा कुनै एकै व्यक्तिमा भयो भने कस्तो हुन्छ होला !

आफ्नो २६ औं जन्मदिवसका अवसरमा उनले दर्शकमाँझ एक उपाहार पस्किए । लघु चलचित्र ‘सोच’ मार्फत् । सोच मानौं, सफल व्यवसायी कर्ण शाक्यको सोच जस्तै मर्म भरिएको लघुचलचित्र । सुशीलको ‘सोच’ जन्मदिनको उपहार .

चलचित्रसँगै उनको गायकी, लेखन, मोडलिङ, प्रशासन जस्ता धेरै क्षेत्रको क्षमता उनीसँग रहेको प्रस्टै देखियो । चलचित्र के हो र कस्तो छ भन्ने उत्तर खोज्न हामी दर्शकलाई नै सुम्पन्छौं ।

यो लिङ्क हेरेर तपाई हामी बुझ्न सक्छौं पनि । चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियाले चलचित्र मर्मस्पर्शी भएको बताए भने चलचित्र निर्देश निश्चल बस्नेतले भने चलचित्र अत्यन्त राम्रो छ, तर मानोसंवाद आवश्यकता भन्दा बढी नै भयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

लघुचलचित्र हेरिसकेपछि वरिष्ठ कलाकार बसुन्धरा भुसालको सटिक टिप्पणी थियो, ‘यो चलचित्र हाम्रै समाजलाई झल्काउँछ ।’

सो चलचित्रमा पर्दामा आएका छन् नवप्रवेशी कलाकार करिना कक्षपती र स्वीकृति नेपाल । पटकथा राम्रो छ ।

चलचित्र हेरेपछि तस्बिर आफैं बोल्छ भनेजस्तै हुने छ ।  प्रस्तुति— ऋषि खतिवडा

http://youtu.be/J-r6CVjAZ8o  

प्रतिक्रिया

Related