अकुलोप्लास्टिक अर्थात् आँखाको प्लास्टिक शल्यकृयाबारे सम्मेलन सम्पन्न

निर्माण सञ्चार, काठमाडौं | शुक्रबारदेखि सुरु भएको नेपाल अकुलोप्लास्टिक सोसाइटी फर सर्जनस्को आयोजनामा तेस्रो राष्ट्रिय अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक शल्यकृया) सम्बन्धि सम्मेलन सम्पन्न भएको छ ।

आवश्यक पर्ने आँखाको प्लाष्टिक शल्यकृया सेवामा नैतिक, गुणस्तरीय र आवश्यक सेवा उपलब्ध गराउने र शल्यकृया बिधिमा आकर्षण पैदा गर्ने उद्वेश्यले सम्मेलन भएको हो ।

शुक्रबार र शनिबार चलेको सम्मेलनमा नेपाल सहित अन्य देशका १२ जनाले आँखा सम्बन्धि बिज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गरेको आयोजक संस्थाका अध्यक्ष एवम् अकुलोप्लास्टिक विशेषज्ञ डाक्टर रोहित सैजुंले जानकारी दिए ।

सम्मेलनमा आँखाको प्लाष्टिक शल्य चिकित्सक, नेत्र बिशेषज्ञ, आवासिय चिकीत्सकको सहभागितामा आँखाको डिल, आँखाको डल्लो बस्ने ठाउँ, आँशु नली, आँखाको क्यान्सर, आँखाको सुन्दरता र आँखाको जटिल रोग सम्बन्धि अन्तक्रिया गरिएको थियो ।

सम्मेलनले नेपालमा आँखा स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेको निष्कर्ष निकालेको छ ।

सो अवसरमा आँखाको क्यान्सरका बिरामीहरुलाई आँखाको क्यान्सर बिशेषज्ञले तिलगंगा आँखा प्रतिष्ठानमा छुट्टै आँखाको क्यान्सर बिभाग गठन गरीएको जानकारी गराइएको थियो ।

आफुहरुलाई अन्तर्राष्ट्रिय बिशेषज्ञहरुले नेपालको आँखा स्वास्थ्य सेवाको बारेमा जानकारी गराउन निमन्त्रणा गरेको आँखाको प्लाष्टिक शल्यकृया विशेषज्ञ एबम् आयोजक संस्थाका अध्यक्ष डा. सैजुंले निर्माण सञ्चारलाई बताए ।

...

आइतबार, १२ कात्तिक, ०७४

प्रतिक्रिया

Related