‘सनराइज बैंकद्वारा वाग्मती सरसफाई कार्यक्रम सम्पन्न’

निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वाग्मती सफाई महाअभियान संगको सहकार्यमा वाग्मती नदी सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

उक्त कार्यक्रम बैंकले वाग्मती नदीको गौरीघाट  क्षेत्रको फोहोर सफा गरेर सम्पन्न गरेको छ ।

कार्यक्रममा बैंक संचालक समितिका संचालकहरु ई.बच्छराज तातेड, ज्योति कुमार बेगानी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायब महाप्रबन्धकद्वय अपछ कुमार यादब, रबिन कुमार नेपाल, सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रका साथै बैंकका उपत्यका शाखा तथा प्रधान कार्यालयका कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

साथै बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरीनै देशब्यापी रुपमा अन्य सामाजिक कार्य समेत गरेको थियो ।

जसअन्तर्गत रक्तदान कार्यक्रम, कम्प्युटर वितरण, तथा देश भरिका शाखा मार्फत् वातावरण सरसफाई, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रमहरु गरेको छ । बैंकले यस कार्यक्रम गत एक महिनादेखि गर्दै आएको हो । 

बैंकद्वारा जारी विज्ञप्तीका लागि यहाँ क्लिक गरौँ

....

आइतबार, १२ कात्तिक ०७४

 

प्रतिक्रिया

Related