अमेरिकाले बनायो संसारकै ठूलो हिन्दु मन्दिर !

११ औँ स्थानमा ओर्लियो नेपालको पशुपतिनाथको मन्दिर
निर्माण सञ्चार, काठमाडौँ | संसारकै ठूलो मन्दिर अमेरिकाको न्युजर्सिस्थित रविसभिलमा स्थापना गरिएको छ ।

१ सय ६२ एकड जमिनमा बनेको सो मन्दिर सन् २००७ मा सुरु गरेर गएको महिना सम्पन्न गरिएको थियो।

२ हजार कलाकारहरुलाई खटाइ बनाइएको उक्त मन्दिरमा इटालियन र भारतिय मार्वलको प्रयोग गरिएको थियो । मन्दिरको एउटा हलमा १ हजार जना बसेर पूजा गर्न सकिन्छ ।

स्रोतका अनुसार उक्त मन्दिर निर्माणमा १६ करोड डलर खर्च गरिएकोे छ ।

योभन्दा अगाडिको सबैभन्दा ठूलो मन्दिर तमिलनाडुको श्रीरंगम रहेको थियो ।

अमेरिकामा उक्त हिन्दु मन्दिर बनेसँगै नेपालको पशुपतिनाथ मन्दिर विश्वका ११ औँ स्थानमा ओर्लिएको छ ।

० यी हुन् विश्वका ठूला १० हिन्दु मन्दिरहरु ?

१. स्वामीनारायण मन्दिर, रविसभिल (अमेरिका)

२. अक्षरधाम मन्दिर, दिल्ली (भारत)

३. प्रम्बनान, इण्डोनेसिया

४. अङ्गकोर वाट, क्याम्बोडिया

५. खजुराहो मन्दिर, मध्येप्रदेश (भारत)

६. मिनाक्षी मन्दिर, मन्दुराई (भारत)

७. सूर्य मन्दिर, कोनार्क (भारत)

८. वृहदेश्वरा मन्दिर, ताञ्जवूर (भारत)

९. रङ्गनाथस्वामी मन्दिर, श्रीरङ्गम (भारत)

१०. विरुपाक्ष मन्दिर, हाम्पी (भारत)

...

मंगलबार, १४ कात्तिक, ०७४ 

प्रतिक्रिया

Related