वार्षिक २५ हजार सुर्तीजन्य पदार्थको लतमा नेपाली

जनचेतनाको लागि प्याकेटमा ७५ प्रतिशत स्ट्रिकर लत्याउँदै व्यवसायी
निर्माण सञ्चार, काठमाडौं | नेपालमा वार्षिक २५ हजार जनाले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।

जसमध्ये ८ हजार ३ सय महिला रहेका छन् ।

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरेपनि कार्यान्वयनमा आउन नसक्दा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ्दै गएको छ । यो तथ्याङ्क एक्सन नेपालले सार्वजनिक गरेको हो ।

सचेतना, प्रचारप्रसारको अभाव र करको दायरा कमी हुँदा समस्या भएको देखिएको छ ।

सुर्तीजन्य पदार्थको प्याकेटमा कुलभागको ७५ प्रतिशत जनचेतनाका लागि चित्र उल्लेख गर्नुपर्ने भएपनि कतिपयमा उल्लेख नगरेको पाइएको छ ।

यस्तै सरकारी निकायबाटै सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐन उल्लङ्घन हुने गरेको पाइएको छ ।

सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाईने भएपनि कर्मचारीहरु नै खाजाको समयमा सुर्तीजन्य पदार्थ सेवन गर्ने देखिएको अधिवक्ता रामचन्द्र शर्माले निर्माण सञ्चारलाई जानकारी दिए ।

यस्तै, काठमाडौंलाई सुर्तीरहित शहर बनाउने तयारी थालिएको छ ।

त्यसका लागि काठमाडौं महानगरपालिका र जिल्ला जनस्वास्थ्य बीच केही दिनमै सम्झौता गरिने आफूहरुको तयारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठले बताए ।

त्यसका लागि एक करोड रुपियाँ छुट्याइएको छ ।

...

प्रशान्त वली

मंगलबार, १४ कात्तिक ०७४

प्रतिक्रिया

Related