सनराइज बैंकले गर्यो रक्तदान कार्यक्रम

निर्माण सञ्चार, काठमाडौँ | सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम बैंकको प्रधान कार्यालय तथा मुख्य शाखा गैह्रीधारामा आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यद्वय डा दीपकप्रसाद भट्टराई तथा ज्योतिकुमार बेगानी, बैंक व्यवस्थापन समिति, कर्मचारी, ग्राहक, शुभचिन्तक, पत्रकार तथा समाजका विभिन्न क्षेत्रका उच्च व्यक्तिहरुको सहभागिता रहेको थियोे ।

कायक्रममा ८६ जना व्यक्तिहरुले रक्तदान गरेका छन् ।

जसमार्फत् कुल ८६ पिन्ट्स रगत संकलन गरिएको थियो । बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा “रक्तदान गरौ, आजै गरौँ, निरन्तर गरौं” भन्ने मूल नाराकासाथ कार्यक्रमको आयोजना गरेको हो ।

यस रक्तदान कार्यक्रमले रक्तसंचारको क्षेत्रमा मानव जीवनको लागि महत्वपूर्ण सहयोग पुग्ने बैंकले निर्माण सञ्चारलाई जानकारी गरायो ।

साथै, बैंकले आफ्नो दशौैं वार्षिकोत्सवको अवसरमा महिनाभरि नै देशव्यापी रुपमा अन्य सामाजिक कार्यक्रम आयोजना गर्दै आएको छ ।

जसअन्तर्गत वाग्मती सरसफाई कार्यक्रम, कम्प्युटर वितरण, सरकारी विद्यालयमा अध्ययनरत गरिब बालबालिकालाई शैक्षिक सामाग्री वितरण, निःशुल्क आखाँ जाँच, वृद्धाश्रम तथा अनाथालयलाई आर्थिक सहयोग लगायतका कार्यक्रमहरु हुन् ।

....

बिहीबार, १६ कात्तिक ०७४ 

प्रतिक्रिया

Related