बाम गठबन्धनको चुनावी दौडाहा सुरु

उदघाटनमा प्रचण्ड सहभागी हुन पाएनन् !
निर्माण सञ्चार, काठमाडौं । प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी वाम गठवन्धनले संयुक्त चुनावी दौडाहा शुरु गरेको छ ।

आइतबार पूर्वको ताप्लेजुङबाट शुरु हुने सभा आगामी २६ गते पश्चिमको दार्चुला पुगेर समापन हुनेछ । एमाले र माओवादीको पार्टी एकताको सन्देश र चुनावमा वाम गठवन्धनलाई जिताउन ताप्लेजुङ–दार्चुला अभियान सुरु गरिएको हो ।

अभियान विभिन्न जिल्लाहरुमा हुने सभालाई एमाले तथा माओवादीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेपनि अभियान शुरु हुने दिनमै माओवादी अध्यक्ष प्रचण्ड ताप्लेजुङको सभामा अनुपस्थित हुने भएका छन् ।

प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र चितवन ३ को पूर्वनिर्धारित कार्यक्रममा व्यस्त भएकाले ताप्लेजुङ जान नपाउने भएका प्रचण्डका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताएका छन् ।

एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले चुनाव प्रचार लगायतका कार्यक्रम संयुक्तरुपमा गर्न पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार सबै जिल्ला र क्षेत्रहरुमा एमाले र माओवादीले संयुक्त प्रचार समिति गठन गरेका छन् । जनवर्गीय संगठनहरुले पनि संयुक्त भेला, प्रशिक्षण र प्रचार प्रसारका गतिविधि जारी राखेका छन् ।

जनवर्गीय संगठनका अध्यक्षहरु पनि एकअर्का पार्टीका उम्मेदवारलाई जिताउन खटिएका छन् । यसैअनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जिताउन माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ झापामा र माओवादी अध्यक्ष प्रचण्डलाई जिताउन अनेरास्ववियु अध्यक्ष नविना लामा चितवनमा क्रियाशील छन् ।

 

...

आइतबार, १९ कात्तिक, ०७४

प्रतिक्रिया

Related