अस्थायीलाई स्थायी बनाउने प्रकृया रोक्न विद्यार्थी संगठनको चेतावनी !

शिक्षक सेवा आयोगलाई परीक्षा नगराउन ध्यानाकर्षण
निर्माण सञ्चार, काठमाडौं । तत्काल अस्थायी शिक्षकहरुलाई स्थायी बनाउने प्रकृया रोक्न विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।

सरकारले अस्थायी शिक्षकहरुलाई चोरबाटोबाट स्थायी गराए आफूहरुलाई अमान्य हुने विद्यार्थी संगठनको दाबी छ ।

तत्कालीन शिक्षा मन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐनको नवौं संशोधन विधयेक संसदको कोरम नै पूरा नगरी पारित गराएका थिए । ऐनमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला मार्फत शिक्षक छनौट गर्ने विषय उल्लेख छ ।

सार्वजनिक शिक्षालाई ५० बर्ष पछि धकल्ने गरी शिक्षा ऐन आएको भन्दै शिक्षक सेवा आयोगलाई तत्काल परीक्षा प्रकृया अगाडि नबढाउन आग्रह गरिएको अनेरास्ववीयूका महासचिव ऐन महरले बताए ।

उनले भने– ‘योग्य विद्यार्थीहरूलाई बञ्चित गराएर कमिसनको खेलमा विधेयक पारित गरिएको छ । एकातिर कक्षा १२ सम्म गुणात्मक निशुल्क शिक्षा भन्ने अर्कोतिर पूराना मान्छे भर्ती गर्ने । अब चुनाव सकिएपछि नयाँ प्रतिनिधि मार्फत छलफल चलाउँछौ ।’

निर्वाचनका कारण आफूहरु सडकमा आउन नसकेको भन्दै शिक्षा ऐनको नवौं संशोधन फिर्ता गराउन आफूहरु लागि परेको विद्यार्थी संगठनले बताएका छन् ।

 

...

सोमबार, २० कात्तिक ०७४

प्रतिक्रिया

Related