टेक्सासमा भीषण गोलीकाण्ड– २६ को मृत्यु, २० घाइते

पूर्व अमेरिकी सेनाले गोली हानेको पुष्टि
निर्माण सञ्चार, एजेन्सी । अमेरिकास्थित टेक्सास राज्यको सदरल्यान्ड स्प्रिङ्गस्थित एउटा चर्चमा अमेरिकी पूर्व सैनिकले गोली काण्ड मच्चाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

सो गोली काण्डमा २० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार निकायहरुले बताएका छन् । स्थानीय समय अनुसार ११ बजे बिहान आइतबार विल्सन काउन्टीमा रहेको बाप्टिस्ट चर्चमा उक्त गोलीकाण्ड भएको थियो ।

अल जजिराका अनुसार गुडालुप काउन्टी सेरिफका सार्जेन्ट रोबर्ट मर्फीका अनुसार गोलीकाण्डका संदिग्ध हमलावरको मृत्यु भइसकेको छ ।

प्रहरी अधिकारीहरुका अनुसार गोलीकाण्डका संदिग्ध आफ्नै गाडीमा मृत्त फेला परेका थिए । उनी प्रहरी कारवाहीमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने पुष्टि हुन बाँकी छ ।

टेक्टसासका गर्भनर ग्रेग अबोटले घटनामा २६ जनाको मृत्यु भएको र मारिनेमा ५ देखि ७२ वर्ष उमेर समूहका रहेको बताएका छन् ।

प्रहरी अधिकारीका अनुसार २३ जनाको चर्चमा, दुई जना चर्च बाहिर र एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

यो राज्यमा त्यहाँका अधिकारीहरुले इतिहासमै सबैभन्दा ठूलो गोलीकाण्ड भएको बताइरहेका छन् । ओबोटले भने, ‘हाम्रो राज्यको इतिहासमा अहिलेसम्मकै ठूलो गोलिकाण्ड हो ।’

प्रहरीका अनुसार हमलाकारी कालो लुगा लगाएर एसल्ट राइफलसहित चर्च पुगेका थिए ।

एसियाको १२ दिने भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘भयानक आक्रमण’ को संज्ञा दिएका छन् । अमेरिकामा यस वर्ष १,४९५ वटा गोलीकाण्डका घटना घटिसकेका छन् ।

हमलाकारी पूर्व अमेरिकी सेना अमेरिकी

न्युज एजेन्सीहरुले संदिग्ध हमलाकारी २६ वर्षीय पूर्व अमेरिकी सेना र बाइबलका शिक्षक डेभिन प्याट्रिक केली रहेको उल्लेख गरेका छन् ।

उनी सान एन्टोनियोको न्यु ब्राउनफेल्सका बासिन्दा रहेको बताइएको छ । उनले हालै मात्र फेसबुकमा एआर – १५ राइफलको राखेका थिए ।

 

 

...

सोमबार, २० कात्तिक, ०७४

 

प्रतिक्रिया

Related