बहस– के हो नेपालको कन्स्ट्रक्सन उद्योगको अबको बाटो ? किन भइरहेछन् टेन्डर कार्यमा अपराध ?

निर्माण सञ्चार, काठमाडौं । भाद्र २, २०७४ शुक्रबारका दिन सार्वजनिक खरिद अनुगमन कार्यालयको ११ औं स्थापना दिवसको अवसरमा निर्माण मिडियाको प्रमुख आयोजना तथा नेपाल निर्माण व्यवसायी महासंघको प्रायोजनमा उक्त शिर्षकमा एक दिने प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको थियो ।

नेपालमा सडकहरु भत्किरहने, पूर्वाधार विकासका कार्यहरु सोचे अनुरुप प्रगति हासिल गर्न नसकिरहेको सर्वत्र आलोचना बढिरहेको अवस्थामा निर्माण मिडियाले सरोकारवालाहरुका बिचमा यो बहस आयोजना गरेको थियो ।

भिडियो: दोश्रो भाग 

संघीयतामा निजी क्षेत्र, निर्माण व्यवसायी र निर्माण क्षेत्रको अनुगमन गर्ने निकाय बिच कस्तो संरचना र सम्बन्ध हुने छ र आपसमा कसरी पूर्वाधार विकासका कार्यहरु अघि बढ्ने छन् भन्ने विषयमा थ्री सी अर्थात् कन्ट्र्याक्टर, कन्सल्टेन्ट र क्लाइन्ट बिचको यो बहसले सार्वजनिक खरिद कार्य विशेष गरी निर्माण कार्यमा कानुनी जटिलता र अभ्यासमा रहेका विकृति कसरी सुल्झाउने भन्ने विषयमा बहस केन्द्रित गरिएको थियो ।

कार्यक्रम विशेष गरी एफक्यान, नेपाल इन्जिनियर्स एसोसिएसन र स्काफका अध्यक्ष सहितका पदाधिकारी तथा विभिन्न निर्माण क्षेत्रसम्बद्ध निजी संस्थाहरुको सहभागितामा सम्पन्न भएको थियो ।

भाग एकको भिडियोका लागि यहाँ क्लिक गरौं

निजी क्षेत्रका समस्या, सार्वजनिक आवाज र सरकारले गर्ने नियमन समेतलाई ध्यानमा राखेर गरिएको यस बहसमा सरोकारवालाहरुले के कस्ता समस्या बताएका छन् र अधिकार सम्पन्न निकायले कस्तो उपाय सुल्झाएको छ भन्नेबारे निर्माण मिडियाले तयार गरेको यो भिडियो सुन्न सक्नु हुने छ ।


 

कार्यक्रमको विस्तृत रिपोर्टिङ निर्माण बिम्ब राष्ट्रिय मासिक मार्फत् सार्वजनिक गरिएको छ ।

सार्वजनिक चासोको अत्यन्त गम्भीर विषयमा पूर्वाधार निर्माणमा केन्द्रित यस कार्यक्रमबारे मिडियाको आधिकारिक सम्पर्क माध्यम (फोन, वेभपेज, इमेल) मार्फत् सुझाव तथा सूचना दिएर सहयोग समेत गर्न हुन अनुरोध समेत गरिन्छ ।


 

 

...
सोमबार, २० कात्तिक, ०७४
 

 

प्रतिक्रिया

Related