प्रविधि सँगै मौरीपालन व्यवसाय

निर्माण सञ्चार, नेपालगंज | साना तथा मझौला कृषक आयस्तर वृद्धि (RISAMFP) को अनुदान सहयोगमा बसुन्धरा मौरी फार्म वर्दियाले मध्यपश्चिमकै एक अत्याधुनिक घार तथा आधार चाका निर्माण उद्योग सञ्चालनमा ल्याएको छ ।

मध्यपश्चिमका मौरीपालक कृषक व्यवसायिहरुलाई आधुनिक घार, आधार चाका र अन्य मौरी जन्य सामाग्रीहरु उपलब्ध गराउने उद्देश्यले उक्त सञ्चालन गरिएको हो ।

यस उद्योगमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनामा (RISAMFP) को ११ लाख अनुदान र बसुन्धरा मौरि फार्म बर्दियाको २१ लाख गरि कुल ३२ लाख लगानि रहेको बसुन्धरा मौरि फार्म बर्दियाका संचालक सिंह बहादुर शाहीले बताए ।

उद्योगमा आधुनिक घार निर्माणको लागि साइजर मेसिन , ८ इन्च आरामेसिन , कलर मेसिन , कटर मेसिन , प्लेनर मेसिन राखिसकिएको छ ।

यसैगरी, आधार चाका निर्माणका लागि कम्फाउन्डिङ मेसिन जडान भई सार्वजनिक सुनुवाई समेत सम्पन्न भईसकेको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना (RISAMFP) साझेदारी संस्था बर्दियाकी प्रमुख सचना ढकालले जानकारी दिइन् ।

दाङ, बाँके, बर्दिया, सुर्खेत र जाजरकोट माहुरिको लागि उर्वर चरन क्षेत्र रहेकोले यस क्षेत्रका कृषकहरु माहुरी पालन व्यवसायमा आकर्षित भएको मौरी पालन महासंघ बाँकेका अध्यक्ष पुर्मल बस्नेतको धारणा रहेको छ ।

बाँके कोहलपुरका मौरी कृषक परेक बहादुर शाहीले भने,‘प्रसस्त जमिनको आवश्यकता नपर्ने, वालि विगार्ने डर नभएको, कम लागत र उचित व्यवस्थापनमा उच्च मूल्य भएको सर्वोच्च खाद्यवस्तु मह उत्पादन हुने भएकोले नै मौरी पालन व्यवसाय रोजेकोे हुँ ।’

मौरीपालन व्यवसायको राम्रो सम्भावना रहेको मध्यपश्चिम क्षेत्रमा सरकारि तथा निजी क्षेत्रको प्रयासबाट मौरी पालन व्यवसायजन्य सामग्री उत्पादन र वितरणको प्रयासलाई दैनिक विदेशिने युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाई रोजगारी समस्या समाधानको सेतु मान्न सकिन्छ ।

अशोककुमार शाही

...

मंगलबार, २१ कात्तिक ०७४ 

प्रतिक्रिया

Related