चिनीया टोलीले रेल सम्भाव्यता अध्ययन गरे लगत्तै भारतीय टोली पनि नेपालमा

निमार्ण सञ्चार, काठमाडौं । नेपालमा रेल मार्गको सम्भावनाको चिनीयाअध्ययन टोली बुधबार पोखरामा आएसँगै आइओसीको टोलीपनि विहीबार नेपाल आउँदै छ ।

रेल सम्भाव्यता तथा पेट्रोलियम पदार्थमा चिनीया सरकारी टोलीको चासो बढ्नु भारतीय पक्षकाे टाउकाे दुखाइको विषय बन्ने गरेको छ ।

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निमार्णका लागि स्थलगत अध्ययन गर्न भारतीय आयल निगम (आइओसी) को टोली विहीबार नेपाल आउँदै छ ।

निर्माणाधीन पाइपलाइन कार्यका लागि आइओसीका तर्फबाट निर्देशक रहेका अनिश अग्रवालको नेतृत्वको एक टोली नेपाल आउन लागेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

तीन दिने भ्रमणमा आउन लागेको उक्त टोलीले पाइपलाइनको विषयमा केन्द्रीत हुने जानकारी निगमले दिएको छ । पाइपलाइनको हालसम्म भएको कार्यको विस्तृत विवरण पेश गर्ने योजना निगमको छ ।

यसैगरी, आगामी दिनमा आवश्यक पर्ने विषयमा केन्द्रीत रहेर छलफल तथा अहिलेसम्म पूरा भएका कामको समीक्षा पेश गर्ने कार्यक्रम रहेको गोइतले बताए ।

हाल निर्माणाधीन पाइपलाइनका लागि पाइप खरिद गरी नेपाल ल्याउने कार्य भइरहेको छ ।

...

विहीबार २३, कार्तिक ०७४

प्रतिक्रिया

Related