खोतिला पहिरो हटाउन भारतको आनाकानी, महाकालीको तटबन्ध प्रभावित

भारतकै कारण महाकाली नदीको तटबन्ध रोकियो
निमार्ण सञ्चार, काठमाडौं । झण्डै ३ दशक लामो महाकाली नदीमाथिको भारत र नेपालको विवाद चलिरहेकै छ । यसैबेला, खोतिला पहिरो भारतले हटाउन आनाकानी गर्दा ६३ प्रतिशत पूरा भइसकेको महाकाली तटबन्धनको काम बीचमै रोकिएको हो ।

१२ वटा प्याकेजमा निर्माणाधीन उक्त तटबन्धनको ९ र १२ नम्बर प्याकेज आर्थिक वर्ष २०७३/०७४ मै सम्पन्न गरिएको छ ।

अहिले ८ नम्बर प्याकेट बाहेकका अरु सबै प्याकेजमा काम भइरहेको छ ।

प्याकेज नम्बर १ देखि ६ सम्म चालु आर्थिक वर्षको पुस मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको आयोजना प्रमुख सुशीलचन्द्र देवकोटाले बताए ।

प्याकेज १० मा निर्माण गरिएको तटबन्धको स्टर्ड (नदीको बेग छेक्न बनाइएको ब्लक) निर्माण गर्न सकिएको छैन । भारतसँग बारम्बार खोतिला पहिरो हटाउन आग्रह गर्दापनि त्यसमा चासो नदिँदा निर्माण कार्य नै प्रभावित भएको आयोजनाका प्रमुख देवकोटा बताउँछन् ।

प्रथम चार महिनामा ७ करोड खर्च

महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धनको लागि चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब ७ करोड रुपियाँ खर्चिसकेको छ ।

चालु वर्षको प्रथम चार महिनामै ७ करोड खर्च महकाली नदी नियन्त्रण आयोजनाले तटबन्ध निर्माणका लागि चालु आर्थिक वर्षको पहिलो चार महिनामै करिब ७ करोड रुपैयाँ खर्चिसकेको छ ।

साथै, असार महिनादेखि वर्षात लाग्ने र ढलान गर्न नमिल्ने भएपछि तटबन्धनको कार्य सुस्ताएको थियो । दशैपछि उक्त कामले केही गति लिएपनि अहिले पहिरो पन्छाउन चासो नदिनुले पनि कामलाई प्रभावित पारेको छ ।

३ अर्ब ५ करोड लागमा महाकाली निर्माण सम्झौता भएकोमा आर्थिक वर्ष २०७१/०७२ बाट नदी नियन्त्रण आयोजनाको लागि १ अर्ब ३५ करोड खर्च गरिसकेको छ ।

...

शनिबार २५, कार्तिक ०७४

प्रतिक्रिया

Related