शिक्षा ऐन संशोधनको विरोधमा शिक्षा सेवा आयोगमा तालाबन्दी

निमार्ण सञ्चार, काठमाडौं । शिक्षा ऐनको नवौं पटकको संशोधनप्रति विरोध जनाउँदै विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगको कार्यलयमा आइतबार तालाबन्दी गरेको छ ।

ऐनमा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला मार्फत शिक्षक छनौट गर्ने विषय उल्लेख छ ।

उक्त प्रतिशत संशोधनमा व्यवस्था गरिएको ७५ प्रतिशतको व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परिरहेकै बेला रिटको बेवास्ता गरी आयोगले २१ गते आन्तरिक प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएका कारण त्यसको विरुद्ध तालाबन्दी गर्नु परेको समितिका सह-संयोजक दिग्गज धौरालीले बताए ।

आयोगले निकालेको विज्ञापनलाई तत्कालन रोक्नु पर्ने मागसहित समितिले बुझाएको ज्ञापनपत्रको सुनावाई नभएपछि तालाबन्दी गर्न बाध्य हुनु परेको उनको भनाइ छ ।

समितिले हामीसँग सहमति नगरी आफूखुसी ताला खोले त्यसबाट पर्ने भौतिक तथा मानवीय नोक्सानीको जिम्मेवारी आयोग हुनुपर्ने चेतावनी दिएको छ ।

नवौँ संशोधनबाट ७५ प्रतिशत आन्तरिक प्रतिस्पर्धी र २५ प्रतिशत खुलाबाट प्रतिस्पर्धामा ल्याउने हो भने लाइसेन्स लिएका सात लाख बढी योग्य उम्मेदवारहरु प्रतिस्पर्धाबाटै बञ्चित हुन्छन् ।

यसअघि आन्तरिक प्रतिस्पर्धामा ४९ प्रतिशतको व्यवस्था रहेको थियो ।

...

अाइतबार २६, कार्तिक ०७४

प्रतिक्रिया

Related