बूढीगण्डकी आयोजनाः चीनसँग गरेको सम्झौता खारेज गर्दै सरकार फर्कियो भारततिर

निर्माण सञ्चार, काठमाडौं | सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेजको निर्णय गरेको ऊर्जामन्त्री कमल थापाले जानकारी दिए ।

 

अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै मन्त्री थापाले संसदीय समितिको निर्देशन बमोजिम खारेज गरिएको थापाले बताए ।

माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व रहेको सरकारका पालामा यो सम्झौता हुँदा कांग्रेस सरकारसमेत सरकारमै थियो ।

कांग्रेसको समेत संलग्नतामा रहेको क्याबिनेटले बूढीगण्डकी निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको थियो ।

उक्त आयोजनालाई चीनले नेपालकै आग्रहमा ‘वन बेल्ट वन रोड’ अवधारणा (ओबीओआर)मा समेत राखिसकेको छ ।

तर, चिनियाँ कम्पनीले स्थलगत अध्ययनसमेत थालिसकेका बेलामा सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै उक्त सम्झौता खारेज गरिदिएको छ ।

सरकारले संसदीय समितिको निर्देशन बमोजिम सम्झौता खारेज गरिएको जनाएको छ ।

बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णयको नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले समेत विरोध गर्दै आएका थिए ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई दिने गरेको निर्णय प्रधानमन्त्री देउवाले उल्ट्याएका हुन् ।

...

सोमबार २७ कात्तिक ०७४

प्रतिक्रिया

Related