वरिष्ठ संगीतकार चन्द्रराज शर्माको देहावसान

निर्माण सञ्चार, काठमाडौँ । वरिष्ठ संगीतकार एवं गायक चन्द्रराज शर्माको ७८ वर्षको उमेरमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहान निधन भयाे ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा, राष्ट्रकवि माधवप्रसाद घिमिरेका नाटकहरूमा संगीत रचना गरेका शर्मा राष्ट्रिय गीत, शास्त्रीय संगीत र आधुनितक संगीत सबैमा पोख्त थिए। नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’ मा पनि शर्माले संगीत रचना गरेका थिए। उनको परिवार नै सांगितीक माहोल थियो ।

पिता यज्ञराज शर्मा सत्यालको संगीत सुनेरै त्यसमा लागेका थिए । उनको परिवारको तीन पुस्ताले संगीतमा जीवन बिताएका छन् ।

उनका बुबा यज्ञाराज शर्माले शिरोमणि पदमवी र २०२२ सालमा नेपाल कला भूषण प्राप्त गरेका थिए ।

शर्माले देवकोटाको खण्डकाव्य ‘मुनामदन’, छिन्नलता गीत पुरस्कार (२०४९), नारायणगोपाल स्मृति पुरस्कार (२०५८) पाएका थिए ।

फुटकर गीतहरूमा संगीत भरेको शर्माको मुख्य विधा गीतिनाटक नै थियो।

शर्माको बिहीबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

संगितकार चन्द्रराज शर्माद्वारा संगीत भरिएका केही गीतहरू सुन्नुहाेस्... 

...

बिहीबार ६ , पुस ०७४

प्रतिक्रिया

Related