प्रतिष्ठान आगजनीः पुग्यो दुई बर्ष, पत्ता लागेन घटनाका दोषी ? कहाँ पुग्यो अनुसन्धान?

प्रमाण नष्ट गरेर भ्रष्टाचारलाई लुकाउन आगजनी भएको हुनसक्ने कर्णालीबासीको आरोप
निर्माण सञ्चार, जुम्ला | देशको पाँचौ स्थानमा रहेको हिमाली जिल्ला पहिलो गौरवको आयोजना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आगजनी भएको दुई बर्ष वितिसकेको छ ।

प्रतिष्ठानमा २०७२ पुस ४ गते अज्ञात समुहद्वारा आगजनी गरिएको थियो । यसकारण कर्णालीबासीले पुस ४ गतेलाई कालो दिनका रुपमा मान्दछन् ।

कर्णालीमा सुभल स्वास्थ्य सेवा पाउन लागेको केहि वर्ष नबित्दै प्रतिष्ठानमा आगजनी भएपछि कर्णालीबासीको आशा निरासामा परिणत भयो ।

आगलागीबाट करोडौं क्षेती व्यहोर्नु पर्यो । प्रतिष्ठानको आगजनीका विषयमा केन्द्रीय अनुसन्धन व्यूरो(सिआईबी)ले अनुसन्धान थालेको पनि वर्षौ भयो ।

चाडो भन्दा चाडो दोषीलाई पत्ता लगाई घटना सार्वजानिक गर्छु भन्ने आश्वासन दिएको सिआईवी टोली अहिले सम्म बेखबर रहेका छन् ।

अनुसन्धान कहाँ पुग्यो ? के भईरहेको छ ? यसबारे कसैलाई केही जानकारी छैन । सिआईवी टोली जुम्लाबाट बाहिरीएदेखि फर्केको छैन ।

यता प्रहरी प्रशासन र प्रतिष्ठानका कर्मचारीहरु सिआइवीले आफ्नो अनुसनधान गरिरहेको बाहेक अरु केहि जवाफ दिदैनन् ।

अनुसन्धान छिटोछरितो गरेर प्रतिवेदन सार्वजनिक गर्ने र दोषिलाई कारवाही गरिने भन्दै प्रधानमन्त्री सहितकोे बैठकमा निर्णय भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।

उनले भने, ‘केन्द्रीय अनुसन्धान व्यूरोले तत्काल अनुसन्धानको प्रतिवेदन सार्वजनिक गरी गृहमन्त्रालय मार्फत पत्रचार गर्ने तयारी गरेको छ ।’

आगजनीबाट प्रतिष्ठानको प्रयोगशाला, एक्सरे, अल्ट्रा साउण्ड, डेण्टल, फार्मेसी, इण्डोस्कोपी सहित महत्वपूर्ण उपकरण र अन्तरंग विभाग नै पूर्णरुपले ध्वस्त भएको थियो ।

प्रतिष्ठानमा आगजनी किन र कसले गरेको हो भन्ने विषयमा केन्द्रीय अनुसन्धन व्यूरो(सिआईबी)ले अनुसन्धान गरिरहेकै भएपनि हालसम्म दोषी समेत पत्ता लागेको छैन ।

प्रतिष्ठानमा आगजनी भएको अवशेष अहिले पनि ज्युको त्यु छ । १० बर्ष सशस्त्र द्वन्दकालमा पनि तत्कालिन माओवादीले स्वास्थ्य क्षेत्रका भौतिक संरचनालाई क्षेति पुर्याउने काम गरेका थिएनन् ।

तर, तत्कालिन प्रतिष्ठानका श्याम लम्साल रजिष्टार भएको अवस्थामा ७२ पुस ४ गते राती अज्ञात समुहद्वारा आगजनी हुनु सोचनिय विषय बनेको छ ।

सर्वसाधारणलाई सस्तो र साहुलियतपूर्ण रुपमा उपचार गर्दै आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा करोडौँको क्षेति हुने गरी आगजनी भएपछि स्थानीहरु निकै समस्यामा परिरहेका छन् ।

हाल आईएनएफको भवनमा ओपीडि सेवा दिन ठाउ अभावका कारण निकै सकस भएको छ ।

यता, सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले भने प्रतिष्ठानको आगजनी मुद्दा केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान गरिरहेको बताए । अनुसन्धानमा रहेकोले अहिले केही भन्न नमिल्ने उनको तर्क छ ।

प्रतिष्ठानमा भएको भ्रष्टाचारलाई लुकाउन र प्रमाण नष्ट गर्नका लागि आगजनी भएको हुन सक्ने कर्णाली बासीको आरोप छ ।

प्रतिष्ठानमा आगजनीको विषयमा जिल्लाका सरोकारवाला लगायत राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले आवाज उठाएको पाइदैन । सबै यस विषयमा मौन रहेका छन् ।

संविधान सभाको पहिलो निर्वाचन २०६४ सालमा जुम्लाबाट नरेश भण्डारी विजयी भएपछि उनको विशेष पहलमा तत्कालिन भेरी अञ्चलका जाजरकोट र दैलेख, कर्णाली अञ्चलका ५ जिल्ला कालिकोट, जुम्ला, मुगु, डोल्पा र हुम्ला कार्यक्षेत्र हुनेगरी जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको स्थापना भएको थियो । स्वयम भण्डारी पनि यस विषयमा मौन देखिन्छन् ।

घटना भएको दुई वर्ष वितिसक्दा पनि सरकार यस विषयमा मौन रहनु कर्णालीका लागि निकै दुभाग्र्य मानिएको छ ।

...

जुम्लाबाट सागर परियारको रिर्पोट 

 

...

बिहिबार, ६ पुस ०७४

प्रतिक्रिया

Related