कस्तो छ टेलिकमले ल्याएको ‘विन्टर अफर’ ? कसरी लिने प्याक ?

बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याकः सित्तैमा युट्युब भिडियो र टिभी हेर्न सकिने
निर्माण सञ्चार, काठमाडौँ | नेपाल टेलिकमले विन्टर ‘अल टाइम डाटा प्याक’ ल्याएको छ । टेलिकमले जाडो मौसमका लागि विभिन्न प्रकारको प्याकसहित ‘विन्टर अफर’ ल्याएको हो ।

यो अफर पुस ७ ( शुक्रबार) गतदेखि सुरु भएर माघ २१ गतेसम्म कायम रहने टेलिकमको भनाइ छ । विभिन्न प्रकारका डाटा प्याकका साथै कम्पनीले बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ ।

डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने बताइएको छ । यसअनुसार, जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा ‘विन्टर अल टाइम डाटा प्याक’ प्रयोग गर्न सकिन्छ ।

उक्त प्याक अन्तर्गत १२ रुपियाँमा ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

६० रुपियाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको कम्पनीले बताइएको छ ।

यसैगरी १२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

सो प्याक लिनका लागि WIN25MB, WIN150MB वा WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

यस्तो छ विन्टर नाइट डाटा प्याक ?

नाइट डाटा प्याक पनि जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिन्छ । सो प्याक बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिन्छ ।

बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि सोही समयमै प्रयोग गर्न सकिन्छ । यस डाटा प्याक अन्तर्गत १२ रुपियाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

६० रुपियाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यसैगरी, १२० रुपियाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

सो प्याक लिनका लागि भने WN120MB, WN700MB वा WN1600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

कसरी लिने विन्टर फेसबुकरइन्स्टाग्राम प्याक ?

विन्टर फेसबुकरइन्स्टाग्राम डाटा प्याक जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा प्रयोग गर्न सकिन्छ ।

यस डाटा प्याक अन्तर्गत १२ रुपियाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

६० रुपियाँ भने चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यसैगरी, १२० रुपियाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

सो प्याक लिनका लागि WF50MB, WF275MB वा WF600MBलेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

कस्तो छ एसएमएस प्याकेज ?

एसएमएस प्याकेज जिएसएम प्रिपेडरपोष्टपेड तथा सिडिएमए प्रिपेडरपोष्टपेड मोबाइलमा नै प्रयोग गर्न सकिन्छ ।

सोे प्याक अन्तर्गत १० रुपियाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसैगरी, १० रुपियाँमा १०० वटा एसएमएस गर्न सकिने बताइएको छ ।

सो एसएमएस प्याक लिनका लागि भने SMS100 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ ।

...

बिहिबार, ६ पुष ०७४ 

प्रतिक्रिया

Related