जुम्लाः पर्यटक भित्राउँदै तातोपानी, साउनदेखि ३० लाखको आम्दानी

साउन भदौमा दिनमा २ सय जति पर्यटक आउनेमा चिसो बढेपछि दैनिक ५ सय बढी आन्तरिक तथा बाह्य पर्यटकहरु आउन थाले
निर्माण सञ्चार, जुम्ला । स्वाभाविक रुपमा चिसो समयमा तातो आवश्यक पर्छ । जसो तसो आफूलाई न्यानो बनाउन सबै प्रयासरत हुन्छन् ।

चिसोबाट हुन सक्ने विभिन्न समस्यालाई छेल्न पनि न्यायो अति आवश्यक छ । त्यसमाथि जुम्लाको माइनस ४ डिग्री न्यूनतम चिसो मौसममा तातो कसलाई चाहिदैन र !

लगाउने लुगाफाटोदेखि खानपान तथा सरसफाइका सबै कार्यहरु चिसो रहित वातावरणमा गर्न पाउने सबैको आशा चिसो मौसममा अनुचित पनि होइन ।

तर जुम्लाको तातोपानी धारामा चिसो बढेसंगै नुहाउन आउने पर्यटनहरु बढ्न थालेका छन् । जुम्लामा चिसो बढे संगै तातोपानी धारामा नुहाउने तथा अवलोकन गर्नेहरुको संख्यामा पनि बढको छ ।

जिल्ला भित्र र बाहिरका गरी अहिले एक दिनमा झण्डै ५ सय भन्दा पर्यटक तातोपानी आउन गरेका छन् ।

असोज कार्तिक महिना भन्दा पुष लागेसंगै तातोपानी पर्यटकहरु ह्वातै बढेको तातोपानी २ का महिला अगुवा विष्णु रावलले बताईन ।

साउन भदौ महिनामा एकदिनमा झण्डै २ सय बढी बाह्य भित्री पर्यटक तथा अवलोकन कर्ताहरु आउन्थे । चिसो बढेपछि हिजो आज दैनिक रुपमा ५ सय बढि भित्री तथा बाह्य पर्यटकहरु आउने गरेका छन् ।

धारामा नुहाए वापत जिल्ला भित्रका लाई प्रतिव्यक्ति २० रुपैया, बाहिर जिल्लाका लाई १ सय र विदेशी पर्यटकहरुलाई ५ सय बढि शुल्क निर्धारण गरिएको छ ।

आर्थ आर्जन गर्दै तातोपानी पर्यटन केन्द्र

चिसो बढे संगै एक दिनमा भित्री बाहिरी गरी ५ सय बढी पर्यटक आउन्छन् तातोपानीमा । एकै दिनमा झण्डै ५ हजार बढी आम्दानी हुने गरेको छ ।

चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म गर्दा झण्डै ३० लाख बढी रकम पर्यटन केन्द्रको खातामा जम्मा भएको तातोपानी पर्यटन केन्द्रका अध्यक्ष हस्त डाँगीले बताए ।

उनका अनुसार अझै तातोपानी धारालाई व्यवस्थापन गर्न सके आर्थिक विकास निकै टेवा पुग्नेछ । जम्मा भएको रकम अहिले सम्म सहि सदुपयोग हुन सकेको अबस्था छैन् ।

संकलित रुपैया जम्मा गरी बंैकमा बचत गर्ने जिम्मेवारी बेलु चनारालाई दिइएको छ । एक महिनाको एकचोटी संकलित रकम राष्ट्यि बाणिज्य बैंकमा जम्मा गर्ने गरिएको छ ।

चिसो बढे संगै तातोपानीमा पर्यटकहरुको देखिएको बढ्दो आकर्षणलाई व्यवस्थापान गर्न महिलाहरु सक्रिय भएका छन् ।

व्यवस्थापनमा महिलालाई सकस

तातोपानी पर्यटन केनद्रको व्यवस्थापनमा महिलालाई निकै सकस भएको छ । अघिल्ला वर्षहरुमा विभिन्न समितिहरुले संकलित रकमको दुरुपयोग गरेपछि गत साउनबाट तातोपानी गाउँपालिका २ का स्थानिय महिलाले तातोपानी धारा व्यवस्थापनको जिम्मेवारी समालेका छन् ।

विहान ४ देखि राती १२ बजे सम्म पनि नहाउने क्रममा चल्ने भएकाले व्यवस्थापनमा समस्या भएको हो । जाड रक्सी खाएर होहल्ला गर्ने, चोरी डकैतीका समस्या पनि बढ्न थालेपछि महिलाहरु निकै समस्या भएको अगुवा महिला विष्णु राव्लले बताईन ।

टिकट काट्न देखि सरसफाई गर्ने काम महिलाहरुले गरिरहेका छन् । रावलले भनिन्, तर सुरक्षा अबस्थालाई मजबुद पार्न स्थानिय सरकार गम्भीर नदेखिएको महिलाहरुको गुनासो छ ।

झण्डै १ सय ७० घरधुरी रहेको जर्मीका गाउँका महिलाहरु दैनिक रुपमा कम्तमिा ३ जनाको पालो गरी टिकट काट्ने र त्यहाको सरसफाईमा महिलाहरु जुटेकि छन् ।

हिँउदको समयमा तातोपानी प्रति आम नागरिकहरुको बढ्दो आकषर्णलाई देखेर सुरक्षाको अबस्था निकै चुनौती देखिएको छ ।

तातोपानी धारामा दिनउ पर्यटकहरु बढ्दै गएको प्रति आम्दानीका हिसाबले राम्रो भएपनि सुरक्षा अबस्था र व्यवस्थापनमा महिलाहरुलाइृ अन्य निकायले सहयोग नगरेका कारण समस्या देखिएको छ ।

जुम्लामा रहेको चन्दननाथ भैरबनाथ गोठीचौर निकै महत्वपुर्ण एैतिहासिक स्थल तातोपानी हो ।

 

___

जुम्लाबाट सागर परियार

 

 

...

आइतबार, ९ पुस, ०७४

 

प्रतिक्रिया

Related