मुगुमा मौसमी रुघाखोकी अझै आएन नियन्त्रणमा

स्वास्थ्यचौकीमा छैनन् स्वास्थ्यकर्मी, खतरामा बिरामी
निर्माण सञ्चार, मुगु | केही  समय अगाडी प्रकोपको रुपमा देखिएको मौसमी रुघाखोकी र भाईरल ज्वरो अझै नियन्त्रणमा आएको छैन।

चिसो बढ्दै जाँदा मौसमी रुघाखोकी र भाईरल ज्वरो झनै तिव्र रुपमा बढेको छ । यहाँ स्थानीय औषधीमूलो भएपनि उपचार अभावमा विरामीहरु छटपटिएका छन् ।

उपचारका लागि स्वास्थ्य संस्था जाने र तर उपचार नगरेरै फकिनु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो पनि बढ्न थालेको छ ।

यसको प्रत्यक्ष उदाहरण हो मुगु जिल्लाको पूर्वी करान भेगको मुगुम कार्मारोङ्ग गाउँपालिमा फैलिएको मौसमी रुघा खोकी र भाईरल ज्वरो ।

चिसो बढेसँगै मुगुको करानमा भेगमा यस्तो समस्यो देखिएको हो । मुगु कामरोग गाउँपालिकामा रहेको पुलु स्वास्थ्य चौकीमा औषधी भएपनि कर्मचारी नहुँदा गम्भिर समस्या देखिएको छ ।

दैनिक दर्जन वढी विरामी आउन गरेको भएपनि डाक्टर नहुँदा निरास भएर फर्किनु पर्ने बाध्यता रहेको गाउँपालिका अन्तर्गत स्वास्थ्य संयोजक तथा सिअहेव गुरु र्छोदेन लामाले बताए ।

समयमै उपचार नपाएमा बिरामीको मृत्युको  सम्भावना पनि रहेको पाइएको छ ।

पत्रकार सुमन मल्लले सरोकारवालाको लापरबाहिका कारण मान्छेको ज्यानै जानसक्ने अवस्था आउँदा पनि सम्बेदनशिलता नअपनाइएको बताए ।

यता जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख निरक शर्माले यसअघि मार्गि पुलु र किर्मी लगायतका ठाउँमा केही स्वास्थ्यकर्मीको  फर्किसकेको र केही  स्वास्थ्यकर्मी फर्किने अवस्थामा रहेको बताए ।

सो ठाउँको बारेमा  यथार्थ वुझेर मात्र भन्न सकिने अवस्था रहेको उनको भनाइ छ । यस अघि विभिन्न स्वास्थ्य समस्याका कारण १ दर्जन बढी स्थानीयको मृत्यु भइसकेको छ ।

 

...

जुम्लाबाट सागर परियारको रिपोर्ट

....

सोमबार, १० पुष ०७४

प्रतिक्रिया

Related