जुम्लालाई पूर्ण खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्न चुनौती

४४ प्रतिशत घरधुरी शौचालय विहीन, निर्माण भएका शौचालय पनि जीर्ण
निर्माण सञ्चार, जुम्ला | २०७२ फागुन २० गते जुम्ला जिल्ला नेपालको ३५ औ जिल्लाका रुपमा खुला दिशामुक्त जिल्ला घोषणा भयो ।

खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जुम्लालाई खुल्ला दिशामुक्त घोषणा गरेका थिए ।

जुम्लाका ग्रामिण बस्तीमा शौचालय स्थापना तथा प्रयोग गर्ने बानीको विकास भए/नभएको बारे कुनै निरीक्षण नगरी दिशा मुक्त घोषणा गर्दा अहिले निकै समस्या भएको छ ।

त्यतिबेला, दिशामुक्त घोषणाका सुचक पुरा गर्नुभन्दा, पनि अन्य जिल्लाको रिसले घोषणा गरियो ।

जसकारण अहिले गाउँघरमा जताततै दिशैदिशा र अव्यवस्थित शौचालय देखिन्छन् । जुम्ला दिशा मुक्त घोषणा भएको महिना दिन बित्न नपाउँदै सरकारी तथा गैरसरकारी निकायले पुर्ण सरसफाई जिल्ला घोषणाको अभियान थाले ।

तर, त्यो अभियान सफल बनाउन अहिले निकै चुनौती मानिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोग तथा जिल्ला सरसफाई तथा स्वच्छता समन्वय समिति जुम्लाको अगुवाई पुर्ण सरसफाई अभियान संचालन भईरहेको छ ।

तर, अभियानले साथर्कता नपाउने नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए ।

यता पुर्ण सरसफाई अभियान चलिरेहका बेला तिला गाउँपालिका ५ डुङरीगाउँका स्थानीयबासी भने खुला रुपमा नै दिसापिसाब गर्ने गरेको पाइएको छ । उक्त गाँउमा खुला दिसामुक्त क्षेत्र घोषणाले छोएको छैन ।

गाउँमा खानेपानीको अभाव भएपछि स्थानीयले शौचालयमा दिसापिसाब गर्न छोडेका छन् । तर पनि विभिन्न निकायले लाखौ रकम खर्च गरी पुर्ण सरसफाईको अभियानलाई अघि बढाएका छन् ।

दिशामुक्त घोषणा नै असफल भएको बेला पुर्ण सरसफाई जिल्ला कसरी बन्ला ?

 निर्माण भएका शौचालय पनि जिर्ण

खानेपानी अभाव भएपछि निर्माण गरिएको शौचालय पनि प्रयोग विहिन भएका छन् । केही प्रयोग विहिन शौचालयहरु भत्कने अवस्था रहेका छन् ।

शौचालय प्रयोग गर्ने बानी नबसेका स्थानीयका शौचालयमा घाँस पात, काठ दाउरा राख्ने गरिएको छ । प्रयोग नै नहुने भएपछि निमार्णधिन शौचालय कतिका भत्कीसकेका छन ।

तिला गाउँपालिका ५ डुङरीगाउँमा झण्डै ४६ घरधुरी शौचालय विहिन छन् । केही बनाएका शौचालय पनि अहिले उपयुक्त नभएको वडाध्यक्ष कालिबहादुर बुढाले बताए ।

उनले भने ‘मान्छेलाई यो गाउँमा खानेपानीको त समस्या छ नै शौचालयमा सरसफाई गर्ने पानीको समेत अभाव हुँदा समस्या भएको हो ।’ बानी नबसेकै कारण बनेका शौचालयहरु भत्कीने अबस्थामा पुगेका हुन् ।

जुम्लाका ४४ प्रतिशत घरधुरी शौचालय विहिन

पछिल्लो समय भएका विभिन्न अनुगमन तथा सार्वजानिक रिर्पोटले जुम्लाका झण्डै ४४ प्रतिशत घरधुरी अझै शौचालय विहिन छन् । जग्गा नभएका र प्रयोग गर्ने बानीको विकास नभएका कारण शौचालय विहिन भएका हुन् ।

जिल्लालाई खुला दिशामुक्त घोषणा भईसक्दा पनि अझै नागरिक शौचालय बिहिन भएपछि पुर्ण सरसफाई जिल्ला घोषणाको लागि चुनौती भएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय जुम्लाका प्रमुख टंक सोडारीले बताए ।

उनका अनुसार गाउँमा निर्माण गरिएका शौचालयमा प्रयोग गर्ने बानीको विकास नभएका कारण पनि शौचालय प्रयोग नगर्नेको संख्या बढ्दै गएको छ ।

खुला दिशामुक्त वडा तथा गाविस घोषणा पश्चात त्यसको कार्यान्वय पक्ष फितलो भएकाले पनि सरसफाई क्षेत्रमा चुनौती थपिदै गएको हो ।

ग्रामिण क्षेत्रमा अब स्वास्थ्यसँग सम्बन्धित निकाय तथा स्थानीय तहले शौचालय निमार्ण देखि प्रयोग गर्ने बानीको विकास गर्न तर्फ जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष तथा जिससका प्रमुख लालबहादुर सार्कीले हरेक स्थानीय तहले शौचालय बिहिन घरलाई शौचालय स्थापनाको लागि पहल गर्न सुझाब दिए ।

यता, एसएनभी जुम्लाका बास सल्लाहकार टिकाराम खड्का अनुसार अझै पनि जुम्लाका ४४ प्रतिशत घरधुरी शौचालय बिहिन छन् भने निर्माण गरेका मध्ये पनि २५ प्रतिशतले अझै शौचालय प्रयोग नगर्ने गरेको बताए ।

सरसफाई रणनीतिबारे जानकारी दिँदै उनले अहिलेसम्म नेपालका साविकका गाविस ३ हजार १ सय ५७ मध्ये २ हजार ५ सय ६४ गाविस मात्रैै खुला दिशामुक्त घोषणा भएका बताए ।

...

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

सोमबार १० , पुस ०७४ 

प्रतिक्रिया

Related