निर्माण व्यवसायी महासंघ प्रदेश ढाँचामा– अध्यक्षात्मक प्रणाली, प्रादेशिक संरचना

१४ अञ्चल र ७५ जिल्ला सहित वस्तुगत तथा एसोसिएटको अभ्यास गर्दै आएको निर्माण व्यवसायी महासंघले अब ७ ओटा प्रदेशलाई नै आधार मानी प्रदेशहरुका महासंघ सहितको छाता अर्गनाइजेसनको रुप पाएको छ
निर्माण सञ्चार, काठमाडौं । मुलुक संघीय प्रणालीमा गएसँगै नेपाल निर्माण व्यवसायी महासंघ पनि प्रादेशिक संरचनामा गएको छ ।

केही समय अघिदेखि महासंघलाई पनि देशको संघीय ढाँचा अनुसार अघि बढाउन गरिएको गृहकार्यले पूर्णता पाएपछि एफक्यानको सिंगो संरचना अब संघीय ढाँचामा जाने भएको हो ।

महासंघको विधानले पूर्णता पाएसँगै महासंघ प्रादेशिक ढाँचामा गएको वरिष्ठ उपाध्यक्ष रुद्र शर्मा बताउँछन् ।

१४ अञ्चल र ७५ जिल्ला सहित वस्तुगत तथा एसोसिएटको अभ्यास गर्दै आएको निर्माण व्यवसायी महासंघले अब ७ ओटा प्रदेशलाई नै आधार मानी प्रदेशहरुका महासंघ सहितको छाता अर्गनाइजेसनको रुप पाएको छ ।

महासंघका महासचिव रामशरण देउजाले दिएको जानकारी अनुसार वस्तुगत संघ, एसोसिएटकोे अवस्था यथाबत रहन्छन् भने प्रदेश भित्रका जिल्लाहरु पनि पूर्ववत अवस्थामै रहेर अबको संरचनाको अभ्यास गर्ने छन् ।

महासचिव देउजाका अनुसार आजसम्म अभ्यासमा रहेका ५ ओटा क्षेत्रीय संघहरु अब प्रदेश महासंघका रुपान्तरित हुने छन् ।

योसँगै २ नम्बर र ५ नम्बर प्रदेशमा नयाँ प्रदेश महासंघ र त्यससँग जोडिएका गठन गर्न बाँकी तदर्थ समितिको पनि गठन हुने छ ।

अब हुने महाधिवेशनमा प्रदेश ढाँचा अनुसार प्रदेश प्रतिनिधिहरु हलमा सहभागी हुने छन् ।

महासंघले कार्यवाहक अध्यक्षलाई अध्यक्षको जिम्मेवारी तोकेको वैठकबाटै आउँदो फागुनमा महाधिवेशन गर्ने मिति तय गरिसकेको छ ।

यस्तो हुने छ केन्द्रीय कार्यसमितिको ढाँचा

अध्यक्ष–१, निवर्तमान उपाध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–१, प्रदेश उपाध्यक्षहरु–७, एसोसिएट उपाध्यक्ष–१ रहने छन् । त्यस्तै, प्रदेश महासंघका अध्यक्षहरु पदेन सदस्यका रुपमा रहने छन्, तिनीहरु ७ जना हुने छन् ।

महासचिव–१ सहित उपमहासचिव–२ जना रहने छन् ।

वर्तमान अभ्यासकै जस्तो कोषाध्यक्ष–१ र सहकोषाध्यक्ष–१ रहने व्यवस्था छ । प्रत्येक प्रदेशबाट २–२ जना, महिला–४, तराई मधेसबाट–१, पिछडिएको वर्ग–समुदायबाट–१, वस्तगुत संघबाट–१ र अध्यक्षद्वारा मनोनित ५ जना रहने छन् ।

यसरी ५९ सदस्यीय कार्य समिति रहने छ ।

 

 

...

मंगलबार, ११ पुस, ०७४

 

प्रतिक्रिया

Related