कास्कीको रुपा गाउँपालिकामा सन्राइज बैंकको देउराली शाखा

अधिराज्यभर ७१ वटा शाखा र ८७ वटा एटिएम मार्फत् ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान
निर्माण सञ्चार, काठमाडौँ | सन्राइज बैंक लिमिटेडले प्रदेश ४, कास्की जिल्लाको रुपा गाउँपालिका ५ मा नयाँ शाखा स्थापना गरेको छ ।

मंगलबार एक कार्यक्रमका बिचमा बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादव तथा गाउँपालिका अध्यक्ष नवराज ओझाले संयक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

हाल बैंकले नेपाल अधिराज्यभर ७१ वटा शाखा र ८७ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यसैगरी, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, चितवन मेडिकल कलेज नारायणगढ र मलेसिया भि.एल.एन काठमाडौँमा एक्सटेन्सन काउन्टर संचालन गरिरहेको छ ।

साथै नेपालका विभिन्न स्थानहरुमा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा रहेका छन् ।

 


 ...

बुधबार, १२ पुष ०७४ 

प्रतिक्रिया

Related