बैंकले विदेशी पुरस्कार लिँदा विदेशी निकायको वैधानिक हैसियत पुष्टि गर्नुपर्ने

विदेश भ्रमणमा लाग्ने खर्च, लाभ तथा कार्यविधिको विश्लेषण
निर्माण सञ्चार, काठमाडौँ | राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशी संस्था, निकायहरुबाट पाउने पुरस्कार लिनुअघि अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष/अप्रत्यक्ष रुपमा वित्तीय योगदान पुराएको आधारमा पुरस्कार दिन बन्देज नै लगाएको छ ।

अन्य अवस्थामा भने पुरस्कार लिँदा पुरस्कार वा सम्मान दिने विदेशी निकायको वैधानिक हैसियत र आधिकारिकता पुष्टि हुने कागजात समेत राष्ट्र बैंकमा पेश गर्नुपने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेल भन्छन् ‘हामीले सम्मान लिनु हुँदैन भनेका छैनौं, त्यसलाई नियमन मात्र गर्न लागेका हौँ ।’

यसैगरी, सम्मान लिन जाने बैंकका प्रतिनिधिहरुको खर्च मितव्ययी हुनुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ ।

जसमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षको विदेश भम्रण सम्बन्धि कार्यविधि पनि पेश गर्न निर्देशन दिएको छ ।

साथै, विदेश भ्रमणमा लाग्ने खर्च र यसबाट संस्थालाई हुने लाभको समेत विश्लेषण गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बैंकहरुले आगामी चैतभित्रमा यस्तो किसिमको कार्यविधि तयार पारेर बुझाउनु पर्ने बताइएको छ ।

...

बुधबार, १२ पुष ०७४

प्रतिक्रिया

Related