किन सुस्त धोवीखोला करिडोर सडक निर्माणकार्य ? कहिले पाउँछ पूर्णता ?

२४ किलोमिटर सडकमध्ये हालसम्म ३ किलोमिटर मात्रै कालोपत्रे, २० करोड रुपियाँ खर्च भइसकेको
निर्माण सञ्चार, काठमाडौँ | राजधानीको धोवीखोला करिडोर सडकको निर्माण सुरु भएको ४ वर्ष बितिसक्दा पनि कालोपत्रेले समेत पूर्णता पाएको छैन ।

सरकारी निकायको वेवास्ता र ठेकेदारको लापरवाहीका कारण राजधानीको वैकल्पिक मार्गकारूपमा हेरिएको यस सडकको निर्माणकार्यले गति लिन सकेको छैन ।

धोवीखोला करिडोरका आयोजना प्रमुख दीपक श्रेष्ठका अनुसार २४ किलोमिटर सडकमध्ये हाल ३ किलोमिटर मात्रै कालोपत्रे भएको छ ।

बाग्मती सभ्यता एकीकृत विकास समितिले ढल पाइप विछ्याउन ढिलो गरेकाले नै कालोपत्र गर्ने कार्यमा सुस्तता आएको आयोजना प्रमुख श्रेष्ठले बताए ।

साथै समिति, निर्माण व्यवसायी र सरकारी निकायबीच समन्वय नहुँदा सडक निर्माणले तीव्रता पाउन नसकेको उनको दाबी छ ।

यस करिडोरको निर्माण थालिएको १३ वर्ष वितिसक्दा पनि सडकले पूर्णता पाउन नसकेको भन्दै स्थानीयले आक्रोस पोखका छन् ।

सरकारले पर्याप्त बजेट विनियोजन गर्दा पनि आयोजनाले सरोकारवालासँग समन्वय गरेर काममा तिव्रता दिन नसकेको उनीहरुको गुनासो छ ।

उक्त सडक निर्माण गर्न हालसम्म ३५ करोड रुपियाँ निकासी भइसकेको छ । जसमध्ये २० करोड रुपियाँ खर्च भइसकेको आयोजना प्रमुख श्रेष्ठका भनाइ छ ।

उनका अनुसार निर्माण पूरा गर्न वार्षिक ६० करोड रुपियाँ आवश्यक पर्दछ ।

...

बुधबार, १२ पुष ०७४

प्रतिक्रिया

Related