वर्षौपछि पुग्यो डोल्पाको दलितबस्तीमा मिटरसहितको खानेपानी

नेपाल रेडक्रस सोसाइटीद्वारा ६ महिनामै पुर्याइयो पानी, कुल लागत २४ लाख
निर्माण सञ्चार, डोल्पा | पुस्तौदेखि खानेपानीको समस्या झेल्दै आएका साविकको रह गाविस अन्तर्गत रम्फु, दोविच्यानका दलित समुदायमा पहिलोपटक खानेपानी पुगेको छ ।

वर्षौवर्ष खोलाको पानी पिउँदै आएका दलितहरुको धाराको सफा पानी पिउने सपना पहिलो पटक पूरा भएको छ । घरघरमा राखिएको धारामा मिटर समेत जडान गरिएको छ ।

घण्टौँ हिडेर ल्याएको खोलाको पानी पिउँदै आएका रम्फु, दोविच्यानका दलितबासि पहिलोपटक घरकै छेउमा शुद्ध खानेपानीको धारा पाउँदा चकित परेका छन् ।

नेपाल रेडक्रस सोसाइटीको सामुदायिक स्वास्थ्य खानेपानी तथा सरसफाई स्वच्छता परियोजना (सिएचपी)को आर्थिक सहयोगमा आर्थिक वर्ष ०७४/०७५ मा सो दलितबस्तिमा ६ महिनाभित्र खानेपानी पुराइएको हो ।

कुल लागत २४ लाख २१ हजार ९ सय ४६ रुपियाँ ७४ पैसामा सो दलितबस्तीमा खानेपानी आयोजना निर्माण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका संयोजक टेकम ओलीले जानकारी दिए ।

उनकाअनुसार नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रर्वद्धनका लागि सामुदायिक ससक्तिकरण कार्यक्रमबाट १६ लाख १७ हजार ७३ रुपियाँ ३४ पैसा, जिल्ला खानेपानी तथा सरसफाई सब–डिभिजन कार्यालय डोल्पाबाट १ लाख रुपियाँ, गाउँ विकास समिती कार्यालयबाट १ लाख रुपियाँ उपलब्ध गरिएको थियो ।

उनले भने ‘यस योजनाको लागि समुदायको श्रमदान र नगद योगदान ६ लाख ४ हजार ८ सय ७३ रुपैयाँ ४० पैसा परेको छ ।’ कुल ३१ घरधुरी रहेको यस बस्तिमा ११ घर भने गैरदलित बसोवास गर्दै आएका छन् ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको प्राविधिक टोलीले सर्वे गरेर अनुमानित लागत निकालेपछि खानेपानी आयोजना बन्न सूरु भएको सो शाखले जानकारि दिएको छ ।

उपभोक्तासँग सम्झौता गरेको ८ महिनामा उक्त योजना सम्पन्न गरेको नेरेसो डोल्पाले दाबी गरेको छ ।

रम्फुदोविच्यानमा बस्दै आएका दलित तथा पछाडि पारिएका समुदायको माग कुनै पनि निकायले सुनुवाइ गरेको थिएन ।

शुद्ध खानेपानीको खोजिमा भौतारिएका रम्फुदोविच्यान बस्तिका मानिसहरुका लागि नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य प्रर्वद्धनका लागि सामुदायिक सशक्तीकरण कार्यक्रम (सिइएचपी) नेपालगंज संघले गत वर्ष आधिकारिक सम्झौता गरे थियो ।

सम्झौता गरेको ६ महिनाभित्र मिटर सहितको खानेपानी घरघरमा पाएकोमा खुशीको सिमा नरहेको खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष विषचन्द्र कार्किले बताए ।

उनले भने ‘आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिने कुनै शब्द नै छैन ।’

पुस्तौदेखि खोलाको पानीमा निर्भर रहेका रम्फुदोविच्यानाका बासिन्दाहरु सहजै शुद्ध खानेपानी पिउन पाउँदा अचम्मीत भएको भन्दै उपभोक्ता हरिबहादुर बि.क.ले पनि खुशि व्यक्त गरे ।

डोल्पा जस्तो दुर्गम जिल्ला र पछाडि पारिएको दलितबस्तीमा मिटर सहितको घरघरमा जडान गरिएको धाराबाट पानी पिउन पाउँदा हिराधुनी बि.क दंग छिन् ।

‘पुर्खौ देखिको सपना साकार भएको छ’ उनले भनिन् ‘अहिलेसम्म दलित भनेर सबैले अपहेलना गरे तर नेपाल रेडक्रस सोसाइटिले हामी दलितको सपना पुरा गरेकोमा जिवन्तः अतुलनिय काम गरेको छ ।’

सरकरी कार्यालयमा वर्षौवर्ष धाए पनि अन्तत नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाले नै रम्फुदोविच्यानाका बासिन्दाका लागि गौरवको कार्यक्रम अनुसार खानेपानीको निमार्ण गरिदिएको भन्दै आयोजनाका सचिव धनजित कार्कीले दातालाइ धन्यबाद दिए ।

हालसम्म जिल्लाका विभिन्न स्थानमा खानेपानी अयोजना निर्माण गरेको देखेता पनि यती मिहीनेत गरेर समुदायको सहभागितामा बलियो र टिकाउ अन्य ठाउँमा निर्माण भएको नपाइने नेपाल रेडक्रसको दाबी छ ।

समुदायको सहभागितामा सरोकारवाला सबैसँग समन्वय गरेर निर्माण गरिएको यस आयोजना जिल्लाकै नमुनायोग्य आयोजनाको रुपमा सम्पन्न भएको अध्यक्ष कार्कीले बताए ।

शुद्ध पानी पिउन पाउँदा खुशि भएका रम्फुदोविच्यानाका वासिन्दाहरु त्यति नै दुखि पनि छन् ।

सदरमुकामबाट ३ घण्टाको दुरिमा रहेको दलितबस्तीमा खानेपानीको लागि कयौँ पहल गर्दा पनि सरकारले भने सुनुवाइ नगरेको स्थानीयको गुनासो छ ।

दलित भएरै पछाडि पारिएको भन्दै उनीहरुले सरकारप्रति आक्रासित बनेका छन् ।

सरकारले दलितको नाममा भ्रम मात्रै पैदा गरेको भन्दै उनीहरुले दलितका नाममा टाठाबाठाले खाने गरेको र निमुखा दलित सँधै पिछडीएको दुखेसो पोखेका छन् ।

जुम्लाबाट सागर परियारको रिपोर्ट

...

बुधबार, १२ पुष ०७४

प्रतिक्रिया

Related