जेसिबी अफरः २० प्रतिशत डाउन पेमेन्टमा किन्न पाइने, एनसिसी बैंकको साथ

निर्माण सञ्चार, काठमाडौं । विकासका लागि निर्माण निर्माणका लागि जेसिबी भन्ने नारा सहित जेसिबी निर्माण तथा हेभी इक्विपमेन्टको एमएडब्लु अर्थमुभर्स प्रालिले जेसिबी मेसिन खरिदका लागि नौलो डाउन पेमेन्ट योजना ल्याएको छ ।

आसन्न नेपाल स्थायित्व सहित पूर्वाधार विकासमा केन्द्रित हुने आशा सहित कम्पनीले एनसिसी बैंकसँगको सहकार्यमा यस्तो योजना सार्वजनिक गरेको जनाएको छ ।

हेभी औजार किन्ने जोकोहीले एनसिसी बैंक मार्फत् लिन सक्ने उक्त सेवाका लागि मात्र २० प्रतिशत डाउन पेमेन्ट गर्दा जेसिबी ब्रान्डका मेसिन किन्न सक्ने छन्  ।

कम्पनीका अनुसार यो नेपालमै पहिलो पटक ल्याइएको अफर हो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका सीइओ रमेशराज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै ‘हामीलाई विश्वास छ कि स्थानीय र संसदीय निर्वाचनको समापनसँगै अब विकासनिर्माणको कामले तीव्रता पाउनेछ । जस्तोसुकै निर्माण कार्यका लागि हेभि इक्विपमेन्ट आवश्यक पर्छ । २० प्रतिशत डाउन पेमेन्ट ल्याएर हामी हाम्रा विश्वसनीय उत्पादन जेसीबी एक्साभेटर र ब्याकहो लोडर राष्ट्रिय तहमा मात्र होइन स्थानीय तहमा समेत पुर्‍याउन चाहन्छौं’, एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ हेड दिपकराज गिरीले भने ।

गिरीले थपे, ‘नेपालमै सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्नु र देश विकासमा सहभागी हुन पाउनु हाम्रो लागि गर्वको कुरा हो । हामीलाई विश्वास छ । हामीलाई विश्वास छ, २० प्रतिशत डाउन पेमेन्ट अफरले जेसीबी मेसिन खरिदलाई सहज बनाउनेछ र यसबाट सरकारी पक्ष मात्र होइन निजी क्षेत्र पनि लाभान्वित हुनुहुनेछ ।’

जेसिबीका ब्रान्ड नेपालमा नेपालको नम्बर १ ब्रान्ड

जेसीबीका एस्काभेटर, ब्याकहो लोडर, रोलर, कम्प्याक्टर, ह्विल लोडर, लोडअल र रोबोट लगायत उत्पादन बजारमा छन् ।

इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको अयोजकको दाबी छ ।

डिलरसिप र बजार हिस्सा

एमएडब्लु अर्थमुभर्सले सन् २००३ मा बेलायती हेभि इक्विपमेन्ट ब्रान्ड जेसीबीको डिलरसिप लिएको थियो । ललितपुरमा अवस्थित जेसीबीमा हाल साढे दुईसयभन्दा बढी कर्मचारी कार्यरत छन् भने अर्थमुभिङ र निर्माण उपकरण क्षेत्रमा यसको बजार हिस्सा ७० प्रतिशत बढी रहेको जेसिबी कम्पनीको दाबी छ ।

विज्ञप्ति

उसका देशभर ११ स्थानमा ‘थ्रि एस’ सुविधासहितको शाखा, चार वटा आधिकारिक विक्री केन्द्र (एआरओ) र एक सय ६६ जना सर्भिस इन्जिनियर जेसीबीका ग्राहकको सेवा दिइरहेको छन् ।

हाल जेसीबीले काठमाडौं, पोखरा, बुटबल, धनगढी, इटहरी, वीरगञ्ज, चितवन, दाङ, सुर्खेत र जनकरपुरबाट सेल्स, सर्भिस र स्पेयरको सेवा दिइरहेको छ । 

सेवा सहज र स्पेयर्स पार्ट पनि सहज

आयोजकका अनुसार जेसिबी विश्व बजारमै लोकप्रिय हुनुका पछाडि सेवा सहज र स्पेयर्स पार्ट पनि सहज भएकाले नेपालमा पनि लोकप्रिय बन्दै गएको छ ।

भिडियो

 

उसकाअ अनुसार जेसिबीले बिक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेभि इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

 

 

...

बुधबार, १२ पुस, ०७४

 

प्रतिक्रिया

Related