सनराइज बैंकको सेवा विस्तारः बालाजु र सीतापाइलामा

निर्माण सञ्चार, काठमाडौं । देशैभर आफ्नो सेवा विस्तारको लक्ष्य सहित अघि बढेको सनराइज बैंकले भरखरै मात्र बालाजु चोक र सीतापाइलामा रहेको पद्म कोलनीमा एटिएम सञ्चालनमा ल्याएको छ ।

बैंकले एक कार्यक्रम विशेष आफ्नो सेवा विस्तार भएको जनाएको हो ।

उसले जनाए अनुसार यस कार्यको शुभारम्भ पद्म कोलनी एटिएमको शुभारम्भ संचालक ज्योति कुमार बेगानी र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरेका हुन् ।

त्यस्तै, बालाजु एटिएमको शुभारम्भ बैंकका संचालकद्वय बेगानी र मालचन्द दुगडले संयुक्त रुपमा गरेसँगै सेवा सञ्चालनमा आएको छ ।

बैंकले मुलुकभर ७१ वटा शाखा, ८९ वटा एटिएम, १७ वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट आधुनिक एंव सर्वसुलभ बैकिङ सेवा दिदै आएको जनाएको छ ।

उसले मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल सञ्चालनमा ल्याएको पनि जानकारी दियो ।

 

 

...

बुधबार, १२ पुस, ०७४

 

प्रतिक्रिया

Related