पिच गरेको हप्ता दिनमै चिराचिरा अरनिको राजमार्ग !

निर्माण व्यवसायीको चरम लापर्वाही, सम्बन्धित निकाय बेखबर, मारमा दैनिक यात्रु
निर्माण सञ्चार, काभ्रे | नेपाललाई चीनसँग जोड्ने सहज नाकाको रुपमा चिनिएको अरनिको राजमार्ग पिच गरेको हप्ता दिन नपुग्दै भत्किएको छ ।

विगत एक वर्षदेखि मोड सुधारसहित सडक मर्मत गर्न थालिएको भएपनि एक वर्ष भइसक्दा पनि धुलिखेल खावाको ४ किलोमिटर सडक समेत बन्न सकेको छैन ।

पिच गरेको हप्ता दिनमै लथालिङ्ग सडक ?

काममा ढिलासुस्ती भएको भन्दै स्थानीय तथा राजमार्ग आसपासका बासिन्दाहरुले बिरोध गर्न थालेपछि पिच लथालिङ्ग अवस्थामा पुगेको छ ।

धुलिखेलदेखि खावासम्मको ३ किलो मिटर सडक छाडेर ओभर डे (कालोपत्रे) गरेर जनताको आँखामा छारो हाल्ने काम गरिएको भएपनि उक्त काम एक साता पनि टिक्न नसकेको हो ।

खावादेखी पाँचखालसम्मको झण्डै ११ किलोमिटर सडकमा कालोपत्रे गर्ने काम सकेर भुक्तानि लिने कार्य समेत अगाडि बढि सकेको थियो । तर, सडकमा कालोपत्रे गरेको ७ दिन समेत कट्न नपाउँबशदै ठाउँठाउँमा सडक चिरचिरा पर्नेगरी भासिएकाले भुक्तानी लिन नपाएको हो ।

गुणस्तरीय निर्माण नहुँदा राजमार्गमा थप समस्या आउने भन्दै स्थानीयले निर्माण व्यवसायीको काममाथि प्रश्न उठाएका छन् ।

यस विषयलाई लिएर सम्बन्धित निकायसँग जानकारी लिँदा उक्त कार्यको निरीक्षण गरिरहेका इञ्जिनियर सुदर्शन कार्कीले बताए ।

उनले सात दिन नभई कार्तिक ८ गते तत्कालै पिच गरेको सडकमा टिपर गुडाएका कारणले पनि समस्या भएको दाबी गरे ।’ तर, स्थानीयहरुले भने पिच गरेको एक साता बित्न नपाउँदै २, ३ ठाउँमा पिच भत्केको गुनासो गरेका छन् ।

सडकको भित्तापटिको ड्रेन (नालीको वाल) भत्किएकाले पनि झन् समस्या आएको इन्जिनियर कार्कीले बताए । बिग्रेको ठाउँमा चेकजाँच गरी रातो चिन्ह लगाएको र तत्काल करेक्सन गराउने उनको भनाई छ ।

 घाम लाग्दा धुलो, पानी पर्दा हिलो

गत मंसिर २८ गते भित्रमा काम सम्पन्न गर्नुपर्ने भएपनि उक्त राजमार्गको धुलिखेल–खावाको ३ किलोमिटर सडक भने अझै पूर्ण रुपमा कच्ची अवस्थामा छ ।

ठेकेदारले ६ महिना अघिनै सडकमा भएको पिच भत्काएर ग्राभेल गरेर छाडेकाले उक्त क्षेत्रभित्रका स्थानीय र सडकमा यात्रा गर्ने यात्रुहरूसमेत धुलोले सास्ती खेप्न बाध्य छन् ।

चिसोका कारण सडकमा राम्रोसँग पिच नबस्ने भएकाले अब फागुन लागेपछि मात्र काम सम्पन्न हुने डिभिजन सडक कार्यालय भक्तपुरका डिभिजन प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने ‘यो ठूलो समस्या होइन धुलिखेलदेखि पाँचखालसम्म १५ किलोमिटर गर्नुपर्ने हो, हालसम्म ११ किलोमिटर सम्पन्न भइसकेको छ ।’

‘बालुवा बोकेर ल्याएको टिपरले पानी चुवाउने कारणले अलिअलि भत्केको हो’, अधिकारीले भने ‘यसलाई ठूलो समस्याको रुपमा लिनुहुँदैन करेक्सन भएपछि मात्रै ठेकेदारले भुक्तानी पाउँने छन् ।’

 मर्मतको नाममा तहस नहस

राजमार्ग विभागको निगरानिमा रहेको कार्यको अवस्थालाई मध्यनजर गर्दै सडक मापदण्डभित्र घरटहरा भएकाहरुले सहज ढंगबाट सडकको मापदण्ड कायम गर्न दिने पक्षमा नरहेको पाइएको छ ।

सडक मापदण्डमा घर भएका सानु श्रेष्ठले भनिन्, ‘सडकको गुणस्तरीय निर्माण नहुने भएपछि हामीले आफ्नो उठीबास गरेर सडकलाई जग्गा दिएर के गर्नु ।’

अति व्यस्त सडकको रुपमा परिचित अरनिको राजमार्ग मर्मतको नाममा तहस नहस बनेको छ ।

 मर्कामा दैनिक यात्रु

अरनिको राजमार्ग भएर काठमाण्डौ यात्रा गर्ने दैनिक यात्रुहरुलाई मर्का परेको छ ।

मोड, कटिङ्ग, वाल र नाली मर्मतका साथै आवश्यकिय स्थानमा ग्रावेल, वेस सहित पुरै कालोपत्रे र मर्मत गरेर हुने स्थानमा ओभर डे गर्ने शिर्षकको नाममा भ्याट बाहेकको १५ करोडमा ठेक्का पाएको ‘द कञ्चनजंगा मोतिदान जेभी’को सुस्तताले गर्दा यात्रुहरु मर्कामा परेका हुन् ।

निर्माण व्यवसायीको चरम लापर्वाही, सम्बन्धित निकाय बेखबर

गत मंसिर २८ सम्म सबै काम सक्ने शर्तमा काम सुरु गरेका निर्माण व्यवसायीको लापर्वाहीले गर्दा राजमार्गको माध्यमबाट आवतजावत गर्ने सम्पूर्ण सवारी साधनहरु मारमा पर्दा पनि सम्बन्धित निकायको चासो पुग्न सकेको छैन ।

अरनिको राजमार्ग खण्ड धुलिखेलबाट २ किलोमिटर सडक पुरै कुइरिमण्डल धुलो र १ किलोमिटर सडक असारमा रोपाईको तयारीमा रहेको खेत जस्तै भएको सोही स्थानमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रमेश तामाङले बताए ।

राजमार्गमा हिलोकै कारण दैनिक झण्डै दुइ दर्जन मोटरसाइकल पल्टने गरेका छन् । सडक विभागले सडकको माप दण्ड अनुसार, २५/२५ मिटर दायाँ बायाँ खाली गर्न सूचना जारी गरेको छ ।

जति बजेट छुट्टाए पनि मर्मतका नाममा गुणस्तरीय काम नहुँदा समस्या बढ्दै गएको छ ।

कछुवा गतिमा सडक निर्माणको काम

सडक विभागका अनुसार धुलिखेलबाट खावासम्म (५ किलो मिटर) पुरै कालोपत्रे उप्काएर ग्रावेलका साथै वेस गरी ६ मिटर चौडा पिच हुने बताए पनि हालसम्म ३ किलोमिटर सडकमा कालो पत्रे उप्काएर छाडेको छ ।

कालो पत्रे उप्काएर छोडेको भाग बाहेक ‘ओभर डे’को देखावटी कार्य सकिएको स्थानीयबासीको गुनासो छ ।

नयाँ पत्रिकाबाट

...

बिहिबार, १३ पुस ०७४ 

प्रतिक्रिया

Related