रानीपोखरीको विवादास्पद पुनर्निमाण स्थगित, पुरानै शैलीमा बनाइने

निर्माण सञ्चार, काठमाडौँ | काठमाडौं महानरपालिकाले रानीपोखरीको विवादास्पद पुनर्निर्माण स्थगित गरेको छ । रानीपोखरी अब प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाइने भएको छ ।

काठमाडौँ महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेका हुन् ।

सोबारे अध्ययन गरेर १५ दिनभित्र सुझाव दिन समिति गठन गरिएको छ ।

उक्त समितिमा पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक छन् भने समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना रहेका छन् ।

यस समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर विद्यासुन्दर शाक्यले जानकारी गराए ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाडौं महानगरपालिकाले निर्माणधिन अवस्थामा कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए ।

केही दिनअघि मात्रै उपमेयर हरिप्रभा खड्गीकै उपस्थितिमा उनीहरुले ताला समेत लगाएका थिए ।

मेयर शाक्यले भने ताला तोडेपछि रानीपोखरि पुननिर्माणको विवादले तीव्र रुप लिएको थियो ।

 

 पढौँ यो पनि
रानी पोखरी पुनर्निर्माणमा मेयर–उपमेयरकै फाइट, पुरातात्विक महत्त्वमाथि राजनीति किन ?

 

...

बिहीबार, १३ पुष ०७४ 

प्रतिक्रिया

Related