कैलाली निर्माण व्यवसायी संघको २४औँ साधारणसभा– समान अवसर वितरण गरिने विषयमा तीव्र छलफल

निर्माण सञ्चार, कैलाली | कैलाली निर्माण व्यवसायी संघले ठूला निर्माण व्यवसायीले साना निर्माण व्यवसायीलाई प्रत्यक्ष मारमा पारेको विषयमा विशेष छलफल गर्ने भएको छ ।

शनिबार कैलालीमा (पुष १५) हुने संघको २४ औँ साधारणसभामा सबै निर्माण व्यवसायीलाई समान अवसर वितरण गरिने विषयमा तीव्र छलफल हुने भएको हो ।

साथै मुलुक संघीय प्रणालीमा गएसँगै कैलाली निर्माण व्यवसायी संघ पनि प्रादेशिक संरचनामा जाने कैलाली निर्माण व्यवसायी संघका अध्यक्ष प्रकाश बहादुर सेट्टीले बताए ।

उक्त साधारणसभामा संघको वार्षिक गतिविधिका साथै यस संघको विधान संशोधनसम्बन्धमा समेत गहन छलफल हुने अध्यक्ष सेट्टीले बताए ।

निर्माण सञ्चारसँगको कुराकानीमा उनले एक साता अगाडिदेखि निर्माण सामाग्री उत्पादक कम्पनीले अनियमित ढङ्गले बढाएको निर्माण सामाग्रीको मूल्यवृद्धि फिर्ता नलिए निर्माणकार्य नै ठप्प पार्ने बताए ।

....

शुक्रबार, १४ पुष ०७४ 

प्रतिक्रिया

Related