योजना आयोगको युगीन पाइला विद्युतीय सवारी युगको उद्घाटन— २०२८ सम्म उपत्यकाभर विद्युतीय सवारी चलाउने लक्ष्य

निर्माण सञ्चार, काठमाडौं । राष्ट्रिया योजना आयोगका उपाध्यक्ष डा स्वर्णीम वाग्लेले आयोगको उपाध्यक्षकै लागि किनिएको कार भए पनि विद्युतीय कारको उद्घाटन गरेर नेपाल अब नयाँ अर्थतन्त्रको युगमा प्रवेश गरेको संकेत गरेका छन् ।

आउँदो १० वर्ष भित्र उपत्यका पूरै विद्युतीय सवारी साधन सञ्चालन गर्ने र क्रमशः देशैभर विद्युतीय सवारी सञ्चालनको योजना सहित योजना आयोगबाटै नीतिगत व्यवस्था गरेर शंख घोष गरिएको उक्त कार्यक्रमले ४० वर्ष अघि (२०३२ पुस १४) सुरु भएको उपत्यकाको ट्रली बस सेवाको पुरानो युगलाई सम्झाएको छ ।

जसरी बहुदल कालीन कथित उदार तथा निजीकरणको बाटोमा लग्दा मुलुक नवऔपनिवेशिक अर्थतन्त्रको चँगुलमा फस्यो, लगभग अर्काे ३० वर्ष (०४७ पछि आजसम्म) नेपाल उद्योग विहीन मुलकका रुपमा विश्व बैंकले समेत चित्रण गर्दै आउनु परेको परिस्थितिमा छ, आयोगको उक्त कदमले त्यो परनिर्भर अर्थतन्त्र युगको अन्त्यको संकेत समेत गरेकोे छ ।

डा वाग्ले यस कदमले भिजनरी योजनाविद्का रुपमा स्थापित पनि भएका छन् ।

अर्काेतिर, बहुदलकालीन अर्थव्यवस्थाका कारण राज्यले सुरु गरेका झन्डै ४० ओटा उद्योग, कलकारखाना र पूर्वाधारहरु आज जसरी मृतप्रायः बन्न पुगेका छन्, बहुदलकालीन अर्थमन्त्री डा महतको थेउरी अब पूर्णतः असफल भएको अर्काे सन्देश आयोगका उपाध्यक्षको यो कदमले छाडेको छ ।

डा वाग्लेका अनुसार राष्ट्रिय योजना आयोगले विद्युतीय कार सञ्चालनमा ल्याएर नयाँ युगको अर्थात् नेपाल आत्मनिर्भर अथतन्त्र तिर लाग्दै छ भन्ने संकेत दिएको बताए ।

आयोग उपाध्यक्ष वाग्ले चढ्ने प्रयोजनका लागि ल्याइएको उक्त कार ‘बिआइडी इ–६’ नाम दिइएको छ । यो आयोगले खरिद गरेको कार हो । चीनको बिवाइडी कम्पनीको आधिकारिक बिक्रेता सिमेक्स इन्क प्रालिले यो कार बजारमा ल्याएको हो ।

काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरु यतिबेला धुलो धूवाँबाट अत्यन्तै खराब प्रदूषणमय बनेकोे छ ।

अनुसन्धानहरुका अनुसार काठमाडौंको प्रदूषणले आसपासका जिल्ला काभ्रेको पाँचखालसम्म पनि प्रभावित रहेको बताइएको छ ।

राजधानी काठमाडौंको वायु २४ सै घन्टा पनि स्वासप्रश्वासका लागि योग्य नभएको प्रमाणित पनि भएकै बेला यो कारको शुभारम्भले धेरै कुरालाई संकेत गरेको हो ।

विश्व नै प्राकृति ऊर्जा, अर्थात् सौर्य, वायु, जलऊर्जा तिर उन्मुख भइरहेको बेला नेपाल पनि अब हाइड्रो ऊर्जा मार्फत् आफूलाई नयाँ युगमा प्रवेश गरेको सन्देश दिनदिनै छाड्न सफल भइरहेको छ ।

प्रदूषण नियन्त्रण तथा प्रकृतिको अनियन्त्रित दोहन रोकी इको–फ्रेन्डली वातावरणको चर्चा विश्वमै चुलिएका बेला, नेपाल पनि अछूतो रहन सक्तैन ।

काठमाडौंको सवारी चाप तथा प्रदूषण नियन्त्रणबारे झन्डै एक दशकदेखि विद्युतीय सवारी सञ्चालनको बहस चलिरहेकै बेला आयोगले विद्युतीय सवारी सञ्चालनमा ल्याएको छ ।

आयोगका उपाध्यक्षका लागि उद्घाटन गरिएको विद्युतीय कार, तस्वीरः निर्माण सञ्चार ।

नीतिगत व्यवस्था गरेर कार्यान्वयन गर्दा नैतिक दबाब पर्ने डा वाग्लेको बुझाइ छ ।

वाग्लेले भने, ‘आयोगले गाडी किन्योभन्दा पनि अब विद्युतीय सवारी चलाउनुपर्छ भन्ने यो सांकेतिक नीतिगत पहल हो ।’ उनले ‘अब सरकारी कार्यालयले किन्ने २ सवारीमध्ये एउटा विद्युतीय हुनुपर्ने आधार तय गर्दै जाने पनि बताए ।

उक्त विद्युतीय सवारीको उद्घाटन डा वाग्लेका साथमा प्रतिनिधिसभाका सदस्यद्वय रवीन्द्र अधिकारी र गगन थापाले गरेका थिए ।

आयोगकै पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल तथा पूर्वसचिव रामेश्वर खनाल समेत उपस्थित रहेको सो कार्यक्रम शुक्रबार अनावरण गरिएको थियोे ।

१ पटक चार्ज गरेपछि ४ सय किमी गुड्ने

आयोगले जनाए अनुसार कार करिब ५२ लाख रुपियाँमा किनिएको हो । यसलाई एक पटक चार्ज गरेपछि ४ सय किलोमिटर गुड्न सक्छ ।

कार्यक्रममा उपस्थित सांसद तथा अर्थविद्हरुले अब आयोगबाटै नीतिगत व्यवस्था गरेर सन् २०२८ सम्म उपत्यकामा विद्युतीय सवारी प्रयोगको वातावरण तयार गर्नुपर्ने सुझाए ।

निजी, सामुदायिक तथा सरकारी क्षेत्रबाट गर्न थालिएको विद्युत् उत्पादन नेपालमा बढ्दै गइरहेको छ ।

आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको नेपालले आउँदा दिनमा इनर्जी सदुपयोग गर्ने विभिन्न क्षेत्र पनि तयार गर्नु पर्ने छ ।

घरको किचेनदेखि सडकमा गुड्ने कारसम्म विद्युतीय हुने दिन अब धरै टाढा नरहेको सांसद रवीन्द्र अधिकारीले बताए । सरकारले वार्षिक झन्डै डेढ खर्ब रुपियाँको पेट्रोलियम आयात गर्छ ।

आयोगका उपाध्यक्ष वाग्लेले भने, ‘योमात्र विस्थापित गर्न सके देशको अर्थतन्त्रले नयाँ फड्को मार्ने आधार तयार हुन्छ ।’

विगतमा विद्युत् अभावका कारण विद्युतीय सवारीबारे कसैले नसोचे पनि अबका दिनमा यसको प्रयोगको वातावरण सिर्जना हुँदै गएको छ ।

१२ वर्षदेखि विद्युतीय सवारी चढ्दै कुन्द दीक्षित

सुन्दा अचम्म लाग्छ, नेपालमा विगत १२ वर्षदेखि नै विद्युतीय सवारी प्रयोगकर्ता पनि छन् । ती हुन् पत्रकार कुन्द दिक्षित ।

कार्यक्रममा दीक्षितले वातावरणमा शुद्धता ल्याउनका लागि विद्युतीय सवारीबाहेकको विकल्पै नभएको बताए । नेपालमा सन् १९९३, सेप्टेम्बरदेखि विद्युतीय सवारी प्रयोगमा आएको हो ।

त्यतिबेला सफा टेम्पुका नामले चिनिएको तीनपांग्रे सवारी सञ्चालन गरिएको थियो । 

डा वाग्लेले साना विद्युतीय गाडीका लागि चाहिने सामान विदेशबाट ल्याएर नेपालमै फिटिङ गर्न सके कम मूल्यमा वातावरण मैत्री सवारी चल्ने बताए ।

नेपालमा तत्कालीन पञ्चायती कालमा पुस १४, २०३२ देखि भक्तपुरको सूर्य विनायकदेखि नायाँ बानेश्वर, त्रिपुरेश्वर र नगरभित्र विद्युतीय सवारीका रुपमा चीनको सहयोगमा ट्रली बस सेवा सञ्चालनमा थियो ।

बहुदल कालले लिएको मापदण्ड विनै हचुवाको निजीकरण र महानगरपालिकाले सञ्चालन जिम्म लिएर पनि चरम लापरबाहीका कारण ६० को दशकको सुरुमै सो सेवा मृतप्रायः बनेको छ ।

 

...

शनिबार, १५ पुस, ०७४

 

प्रतिक्रिया

Related